नेपाली इतिहासकारले भने रेशम जि तपाईंको यो लेखले दिमाग हल्लाईदिन सक्छ

Sunday, 19 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

करिब १५ बुँदामा ५० पेज जतिको। अरु सल्लाह पनि पाउँ त??

बुँदा न. १ = प्राकृतिक भूगोल र युगान्तकारी मनोवास नै पहिचान हुन्। जसैगरी प्राकृतिक हिमाल,पहाड र घना जंगल समथर भुभागको आफ्नै पहिचान हुन्छ,त्यसैगरी ती प्रकृतिसंग समानान्तरिय रूपमा ब्यतित गर्ने प्राणीको पनि आफ्नै मौलिक साँस्कृतिक अधिकार सहितको पहिचान हुन्छ। मुलबासिहरु यसैलाई संरक्षण र सम्बर्द्धन गर्दै आएको आज लाखौं बर्ष भयो, त्यसैले जल,जमिन,जंगल जस्ता प्राकृतिक सम्पदाको मुल स्वामित्व र अधिकार पनि यिनैमा निहित हुनुपर्दछ।
(समाबेस गरिएको - शेर्पाले जोगाएको हिमाली संस्कृति,पहाडी सभ्यताको परिबिकासक सम्बाहक गुरुङ,मगर,किरात,लिम्बु,तराईका घना जंगलमा प्राकृतिक पैँठोजोरी खेल्दै बाँचिरहेका थारुहरु,दक्षिणी सभ्यताको आडमा संघर्षरत मधेसीहरु)
नोट = आदिम सभ्यताका यी जनजातीलाई छलकपटको राजनीतिले पहिचानबाट बन्चित गर्न पाइन्छ ??
<br>
बुँदा न.२= धर्म र संस्कृति आफ्ना आफ्ना हुन्। शक्ति र सत्ताको आडमा यसको हरण भो भने राज्यलाई मात्रै होईन बिश्वलाई नै अपुरणिय क्षति हुन्छ। सत्ता र शक्तिको आडमा मेटाइएको धर्म र संस्कृतिको इतिहास भोलि अनुसन्धानका लागि बिज्ञहरुको सोध समेत अपुरो हुनजान्छ,तसर्थ अहिले नास गरिएको यहि धर्म र संस्कृतिका लागि भोलि राज्यले अरबौँ खर्छ गर्दा समेत प्राप्त हुनसक्दैन। बौद्ध सभ्यता नेपालको पुरानो सभ्यता हो जुन भारतका कट्टर हिन्दुबादिअशोक सम्राटले समेत लुम्बिनीमा स्तम्भ खडा गरेको इतिहासबाट पनि प्रष्ट हुन्छ।
( समाबेश गरिएको= राज्य धर्म निरपेक्ष हुनुपर्छ। सबैको नेपाली पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्बर्द्धनमा राज्यको सरोबरी भुमिका निश्पक्ष हुनुपर्छ।)
नोट = आदिम मुलबासिहरुको पुरातन धर्म बौद्ध भएकोले हिजो बुद्धका नाममा गरिएको स्वार्थको राजनीति र राज्यले बुद्धको नाममा गरेको कमाउ धन्दामा बिदेशी सामु लम्पसार हुने अहिले बौद्धिष्ठरुले पहिचानको लागि संघर्ष गर्नुपर्ने??? कस्तो लाजमर्दो है??
बुँदा न.३= नेपालमा आदिम जाती को? इतिहास प्रष्ट छ।केही इतिहास बंग्याउन खोजेपनी तिनका प्रमाणले लज्जास्पदको संकेत स्पष्ट छ। करिब २५० बर्ष पहिलेबाट रणनीतिक रूपमा बिस्तारै अर्को सभ्यतामाथी दमन अंकुरित भएको पाइन्छ। जसले जतिसुकै बङ्ग्याउन खोजेपनी थारुहरुको प्राकृतिक संघर्षमय बसोबास स्थल घनाजंगलमा जिवनयापन गरिरहँदा मृत्युदण्डका लागि पठाइएका अपराधीहरुले नै बिस्तारै आफ्नो प्रभाव बढाउँदै अहिलेसम्मको बर्तमान अबस्था सिर्जित भएको हो। जानकी सभ्यता, लुम्बिनी सभ्यता,चारकोसे सभ्यता र कर्णाली सभ्यता आदिम सभ्यता हुन तर राजनैतिक जातीय आक्रमणका कारण अहिले देशलाई केवल कर्णाली सभ्यतामा विलय गराउन खोजिएको छ जुन दुर्भाग्यपूर्ण छ। आदिम सभ्यतालाई अँगालिरहेका मुलबासिले कर्णाली सभ्यता माथी कहिल्यै धावा बोलेनन् तर कर्णाली सभ्यताको आक्रमणका कारण अहिले भाषा,भेष,धर्म सबै आक्रान्तित छन। ५० बर्ष पहिले नेपाली समेत बोल्न नजान्ने उपत्यकाको नेवा सभ्यता पनि चरम उत्पीडनमा छ।
( समाबेश गरिएको = पुर्बको किराँत सभ्यता, नेवा सभ्यता,सेता मगुराली,बहादुरीको इतिहास,थारु सभ्यता। पशुपतिमा राज्य संग्लग्न भै संचालन गर्नु, स्वयभु र लुम्बिनीको नाममा केवल भिख मागेर आफ्नो सभ्यताको पोषण गर्नु)
नोट = आदिम मुलबासी नेपाली हुन,यिनले आफ्नो साँस्कृतिक पहिचान आफ्नै देशका अगुवाबाट संरक्षणको अपेक्षा गरेका हुन तर जातीय दमनको परकाष्टा जब एकल नश्लिय हुनपुग्यो तब आफ्नो सभ्यताको बचाउमा मुलबासी संघर्षमा उत्रिनु परेको छ।क्रमशः .......!!!

यसका लेखक श्री रेशम चौधरी हुन उहा को फेसबुक बाट साभार .... यहाँ किल्क गरी हेर्नुस्

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu