[[गजल]]
"
बचपनमा गरेका हरेक भुल प्रिय लाग्छ।
क्याम्पस पुगेपछि बल्ल स्कुल प्रिय लाग्छ।
तिमी मलाई यति सम्म प्रिय लाग्छ के भनौ।
जस्तो कि भमरा लाई फुल प्रिय लाग्छ।
लाग्ला तिमीलाई सुगा परेवा प्रिय लाग्ला।
गजलकार हरू लाई बुलबुल प्रिय लाग्छ।
म मुर्ख ज्यान मारा लाई गुलाब पठाउछु।
उन्लाई खुकुरी अनि त्रिशूल प्रिय लाग्छ।
म त "एकान्त प्रेमी " मान्छे हुँ मेरी प्रिया।
मलाई थाह छ तिमीलाई हुल प्रिय लाग्छ।
"
सुरज पराजुली
"एकान्त प्रेमी"
---पोखरा