भन्छिन उनी यस्तो बारम्बार जसरी पनि ।

Thursday, 30 March 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

[[गजल]]
"
भन्छिन उनी यस्तो बारम्बार जसरी पनि।
गर्नैपर्छ मैले शृङ्गार , जसरी पनि।

आफुले रुखको फल कहिल्यै झार्न सकिन।
प्रेमिका भन्छिन तारा झार , जसरी पनि।

चाहे मुटु बेच चाहे कलेजो बेच,उनी भन्छिन।
मलाइ चाहिन्छ खुसी यार , जसरी पनि।

दुर्घटना भो उद्दार, गर्ला नगर्ला पत्रकारले।
यो सम्झिनुस बनाउछ समाचार ,जसरी पनि।

उ जवान हो हर दिन भट्टी पुगेपछी भन्छ।
दिनुस मेरो अधिकार , जसरी पनि।
"
जनक सन्याल, कैलाली
हाल: कोरिया

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu