आमा तिम्रै पुजा म जीवन भरी गरि रहु(कविता/रचना)

Wednesday, 26 April 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

""""" कविता""""
आमा"मेरी प्यारी "आमा"
जननी!मेरी चिनारी हौं तिमी
हौं मेरो जीवनको अस्तित्व तिमी,

ल्यायौं यो धरतीमा नौ महिना
आफ्नो कोखमा पाली
कहिले नथाकी!कहिले नबिसाई
मायाँ र ममताको छायाँमा राखी,,

आफ्नो अन्तरमा शित र ताप देखि लुकाई
रुप छ एक ,नाउँ छ तिम्रो अनेक
यो संसार देखायौं!हात समाई हिड्न सिकायौं
आमा तिमी सत्यकर्म गर्छौ
जीवनमा कहिल्यै नखाई हरेस,,,

कोही भन्छन् "मम्मी"कोही भन्छन् "बेबे"
कोही भन्छन् "आमा कोही भन्छन् "माँ"
कोही भन्छन् "अम्मी"कसैले भन्छन् "मामु"
आमाको अस्तित्व स्वीकार्न नसक्ने
जति यो दुनिया छोडेर जा,,,,

मेरो जीवनको रचयिता तिमी
तिम्रो म सदा छायाँ बनी रहुँ मेरी आमा,
"ऋण"म तिम्रो कहिले तिर्न सक्दिनँ
तिम्रो "नौं धारा अमृत"को यो जन्ममा कसैगरी
याँ भनु सातैं जन्मभरी तिम्रो आशिषको हात म माथि सदा बनीं रहोस् आमा,,,,,

सधैं तिम्रो म मायाँ पाउँ
ममताको पछ्यौरीमा बाँधीएर बाची रहुँ
मेरी "जननी" मेरी "आमा"
सदा तिमीलाई मेरो शत् कोटी नमन
तिम्रै पुजा जीवन भरी म गरि रहु,
आमा तिम्रै पुजा म जीवन भरी गरि रहु।

{लेख्क/रचना:=आर एन चौधरी थारु[जिल्ला:-बारा]/थारु युबा भागवत चौधरी थारु[जिल्ला/सप्तरी टिकुलीया]

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu