थाकसको ७० बर्षको इतिहासमा सबै अध्यक्ष राजनीतिक दलकै:-राजकुमार लेखी

Thursday, 13 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
नवलपरासी := थारु कल्याणकारिणी सभाको ७० बर्षको इतिहासमा सबै अध्यक्ष, पदाधिकारी राजनीतिका दलका नै थिए भनेर आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष तथा नेता राजकुमार लेखीले हाम्रा सहकर्मीलाई बताउनुभएको छ । उहाँले फोन सम्पर्क मार्फत उक्त कुरा बताउनुभएको हो ।

उहाँले आफु थारु समुदाय कै लागि २५ बर्ष योगदान गरेकै कारण आज ९० प्रतिशत थारु समुदायले सहयोग गर्ने बाचा गरेका छन् भनेर बताउनुभयो । मेरो अध्यक्षमा उम्मेदवारी दिने कुनै चाहना थिएन धेरै जिल्लाबाट सम्पर्क गरेर प्रतिनिधिले तपाई नेतृत्व आउन पर्छ भनेर दबाब दिएपछि उम्मेदवारी दिने निर्णय गरेको हुँ भन्नुभयो ।

वर्तमान अध्यक्ष धनीराम चौधरीले थारु समुदायको नेतृत्व गर्न नसकेकै कारण थारु आन्दोलन कमजोर भएको बताउनुभएको छ । वर्तमान अध्यक्ष चौधरीले  ४ बर्ष  थारु कल्याणकारिणी सभा संचालन गर्नुभयो तर कुनै पनि काम टुंगो लगाउन सक्नुभएन, थारु आन्दोलन कमजोर भयो, कुनै पनि समितिको बैठक बसाल्न सक्नुभएन अब कसरी उहाँलाई अध्यक्ष अब कसरी स्वीकार्ने भन्नुभयो । उहाँ ठुलो अवशर प्राप्त गर्नुभयो तर त्यसलाई बहन गर्न सक्नुभएन भन्नुभयो ।

उहाँले तपाइले अध्यक्ष भैसकेपछि थारु आन्दोलन के हुन्छ भन्ने प्रश्न गर्दा : जवाफमा थारु आन्दोलनलाई व्यवस्थित गर्दै, बिगतका  सरकार संग भएका सम्झौता कार्यन्वयन गराउन पहल गर्ने पहिलो प्राथमिकता हुने बताउनुभयो । म सबै थारु आन्दोलनमा सहभागी भए, आन्दोलन बारेमा जानकार छु पहिलो दायित्व थारु कै लागि हो भन्नुभयो ।
अब थारु युवा, बिद्यार्थी, प्रवास समिति, महिला, वकिल सबैलाई समेटेर जाने भन्ने समितिमा निर्णय भइसकेको छ, युवा बिद्यार्थी सबै समितिमा समेटिने बताउनुभयो । युवा, विद्यार्थीलाई अलग राखेर जान नसकिने उहाँले भन्नुभयो ।

उहाले आजसम्मको थारु कल्याणकाकारिणी सभाको इतिहासमा सबै अध्यक्ष  राजनीतिक कै थिए, कोहीपनि अध्यक्ष,पदाधिकारी राजनीतिका दलभन्दा बाहिरका थिएनन्, म पनि कुनै राजनीतिक दलको नेता होउला तर मेरो पहिलो प्राथमिकता थारु आन्दोलन नै हुनेछ  भन्नुभयो ।  मलाई मात्रै राजनीतिमा आबद्ध भएको आरोप लगाउनु गलत हो ।

म भगवान होईन सबै कुरामा पूर्ण पनि छैन होला, मेरा पनि बिरोधि र समर्थक होलान सामाजिक संजालमा मलाई टिकाटिप्पणी गर्नुभन्दा सल्लाह दिएर अगाडी बढे थारु समुदाय अगाडी बढ्ने उहाँले बताउनुभयो । बिपी कोइराला राम्रा मान्छे थिए उनको पनि बिरोधि थियो त्यसैगरी भारतमै हेरौं महात्मा गान्धी भारत आजाद बनाउनुभयो उहाँलाई नै गोलि हानियो यो संसार यस्तै हो समर्थक र बिरोधि हुन्छ भन्नुभयो ।
थारु कल्याणकारिणी सभाको महाधिबेशनमा वर्तमान अध्यक्ष धनीराम चौधरी, राजकुमार लेखी र बिश्राम महतो अध्यक्षको प्रतिष्पर्धा गर्ने उद्घोष गरिसकेका छन्।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu