कराते संघ मलेसियाले अवार्ड कार्यक्रमको आयोजना गर्दै/विभिन्न बिद्यामा १४ जना सम्मानित हुने

Saturday, 30 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
डिसेम्बर/३० तारिख/शनिबार/मलेसिया:=यही ३१  तारीख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा विभिन्न विद्यामा मनोनीतमा परेका १४ जना ब्यक्तित्वहरुलाइ सम्मानित गर्नको निम्ति नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले एक विशेष अवार्ड कार्यक्रमको आयोजना गर्न लागेका छ्न।

बिगत दुई बर्ष देखि आयोजना गर्दै आएका कराते संघले यो वर्ष पनि 2017 भरि ज-जसले मलेसियामा श्रम गरेर पनि बचेको समयमा प्रवास जस्तो ठाउँमा बसेर पनि खेलकुद क्षेत्रमा देशलाइ नै अगाडि चिनाउने काम गरेर अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई साथै एक जना कुशल पत्रकार , साहित्यकार, एक जना हास्यकलाकार, अनि रातदिन नभनी,समयको प्रभाव नगरी मलेशियामा बसेर समस्यामा परेका नेपाली श्रमिकहरुलाई सहयोग गर्न तत्पर रहने समाजसेवामा सक्रिय भैइ लागी रहेका दुइजना समाजसेवीलाई र गायन तर्फ दुई जनालाइ गरि जम्मा १४ जना ब्यक्तित्वहरुलाई अवार्ड प्रदान गरि सम्मानित गर्न लागेको नेपाली प्रवासी सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाले जानकारी गराउनु भयो ।
अध्यक्ष कोईरालाको भनाइ अनुसार यो अवार्ड प्रोग्राम आयोजना गर्नुको मुख्य उदेश्य मलेसियामा श्रमजीवी गरेर बचेको समय निकालेर यहाँ समस्यामा परेका श्रमिकको हक हितको लागि थप काम गर्न,श्रमिकको हकहितमा कलम चलाउन ,साथै प्रवासमा बसेर पनि भए पनि आफ्नो दिनचर्या काम गरेर थकाइ लागेको हुँदा हुँदै पनि साहित्य,लेख,रचना तथा गायन साथ साथै खेलकुदको क्षेत्रमा नि नेपालको तर्फबाट यहाँ विभिन्न प्रतियोगितामा प्रतिनिधित्व गरि जितेर देशको नाम अगाडि बढाएकोमा र अझ देशको निम्ति केही योगदान गर्ने हौसला प्राप्त होउन भन्ने थप साहस र हौसला प्राप्त होस भन्ने प्रमुख उदेश्यको साथ तेस्रो पटक यो अवार्ड दिन लागिएको भन्नू भयो।

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया प्रमुख आयोजक रहेको यस अवार्ड कार्यक्रमको प्रायोजकमा हिमालय फुटबल क्लब , मण्डला रेष्टुरेन्ट , उग्रतारा रेष्टुरेन्ट , एभरेष्ट रेष्टुरेन्ट, पङेनी हुनम रिसोर्ट ,हिमालयन एयरलाइन्स,परदेशी रेस्टुरेन्ट ,नेटफार ग्लोबल , लाङाली मुबाइल पसल, थापा ईन्टरप्राइज लगायतको रहेका छ्न भने मिडिया पार्टनरमा नयाँ अनलाइन ,मुग्लान डटकम,हमार सनेश ड्टकम रहेका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu