कपिलबस्तु:=थारु कल्याणकारी सभा कपिलवस्तुले शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बुद्धभुमि नगरपालिका–२,गोरुसिङ्गे स्थित थाकस सभा हलमा शनिबार कार्यक्रम सम्पन्न गरेको हो ।
थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले नेपालीनके महान चार्ड दशाहरा शुभा अमौसा आउर छठ पर्बके पावन अवसरमे शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थारु समुदायहरु एकजुट भएमात्रै आफ्नो हकआधिकार स्थापित गर्न सकिने थारुले बताए । पछिल्लो समयमा थारु संस्कृती लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि युवाहरु अघि वढ्नु पर्ने बताए ।
यसैबीच सो कार्यक्रममा संविधान सभा सदस्य बिश्राम प्रसाद थारुले थारु युवा युवातीलाई थारु संस्कृती, परम्परा बारे सचेतना मुलक कार्यक्रम नियमित रुपमा गर्नुपर्ने धारणा राख्दै शुभकामना समेत उनले व्यक्त्त गरे ।
उक्त कार्यक्रममा थारु कल्याणकारी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमा शंकर थारुको अध्यक्षता, थारु कल्याणकारी सभाका केन्द्री सदस्य जंजीर प्रसाद थारुको प्रमुख आतिथ्यता, थाकसकी केन्द्रिय सदस्य सुमित्रा थारु, नेकपा प्रदेश ५ का सांसद सुकै थारु, अदिबासी जनजाति महासघं समन्वय परिषदका अध्यक्ष बिमल सारु मगर, थाकसका केन्द्रिय महिला सदस्य कमला चौधरी लगयातको आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा थारु आगुवा, समाजसेवी, जिल्ला सल्लाहकार लगयताको सहभागीता तथा जिल्ला सहसचिब राजेश थारुको स्वागत र सचिब जगतदेब थारुको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।