हमार सनेश सहकर्मी ,,
मलेसिया := मलेसियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई पक्राउ गर्ने अभियान सुरु भएको छ । साताको पहिलो दिन नै बुकित विन्ताङ क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालित भएको मलेसियाबाट रमेश कुमार थारुले जनाएका छन्। उनका अनुसार सो क्षेत्रमा रहेका बंगलादेशी नागरिकले सञ्चालन गरेका पसलहरु विहानै देखि बन्द छन् ।
विभिन्न देशबाट आइ ईल्लिगल(अवैधानिक)रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउगर्ने अभियान मलेसियाले आज(आइतवार) देखिसुरु तिव्र बनाएको हो ।यसक्रममा अवैधानिकरुपमा बसिहेका त्यस्ता कामदार बस्ने सम्भावितक्षेत्रमा व्यापक धरपकड अभियान चलाइनेमलेसियाको प्रहरीले यसअघि नै चेतावनीदिइसकेको छ ।
यसअघि अवैधानिक रुपमा बसिरहेकाहरुलाईबैधानिक हैसियत प्राप्त गर्न मलेसिया सरकारलेरिहायरिंग कार्यक्रम सञ्चालन गरेको थियो सोक्रममा निश्चित शुल्क तिरेर कानूनी हैसियत प्राप्तहुने व्यवस्था थियो तर सो व्यवस्थाको समयसकिएसँगै अव धरपकड सुरु हुने भएको हो ।रिहायरिंगको समय समाप्त भइसकेपछिअवैधानिक कामदार पक्राउ परे त्यसरी पक्राउ पर्नेव्यक्ति र रोजगारदाता दुवैलाई भारी जरिवाना तथाजेल सजाय समेत हुने चेतावनी मलेसियासरकारले दिइसकेको छ । यसक्रममा पक्राउपर्नेहरु ५ बर्षसम्म जेल पर्न सक्नेछ।
तर पक्राउ पर्नु अघि नै दूतावासमा सम्पर्क गरेरकागजातबनाएर भनें अझै पनि घर फर्किनपाउनेछन् ।आगामी अगष्ट महिनासम्ममा त्यसरीफर्किनेहरुले थप कानूनी झण्झट व्यहोर्नु पर्ने छैन ।तसर्थ समयमै स्वदेश फर्किन क्वाललम्पुर स्थीतनेपाली दूतावासले यसअघि देखि नै पटक पटकआग्रह गर्दै आएको छ ।
