मेरो पहिचान लुटिएको छ म कसरी हास्नु सक्छु - बिनोद चौधरी

Saturday, 6 May 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

---------कविता ---------

मेरो पहिचान लुटिएको छ
म कसरी हास्नु सक्छु ,
मेरो अस्तित्व माथी दाग लगाएको छ
म कसरी शिर उठाइ बाच्नु सक्छु ,
मेरो इज्जत सङ खेलवाड गरि हक अधिकार खोसिएको छ,
अब भन्नुहोस् ,
यी सबै भुलेर म कसरी सक्छु निदाउन??

मलाई कमैया बनायो
तिम्रो इसारामा चल्ने दासी बनायो
लोभ प्रलोभन देखाएर सधै प्रयोग गर्‍यो
तर, त्यसको बदलामा मलाई तिमी जस्तो विवेकशील मानव हुन बाट बन्चित गरियो
काधमा काध मिलाएर एक साथ हिंड्न् प्रतिबन्ध लगायो
अब भन्नुहोस्
यी सबै भुलेर म कसरी सक्छु निदाउन ??

अघि बढ्दा खुट्टा तानेर लडाइँयौँ
आवाज निकाल्दा बिदेशी एजेन्डा भन्दै देशद्रोहीको बिल्ला भिडायो
त्यति मात्र कहाँ हो र ,
निधारमा ताकि ताकि गोली बर्साउनु सम्म लगायो
अब भन्नुहोस्
यी सबै भुलेर म कसरी सक्छु निदाउन ??

कहिले आफ्नो पन देखाएर छुरा चलायौं
कहिले मितेरी साइनो भनी लुट्यौं
म कति सोझो इमानदार रहेछु
म सङ भएको सबै लुटेर जादा पनि खुशीको साथ गरे बिदा
अब भन्नुहोस्
यी सबै भुलेर म कसरी सक्छु निदाउन ??

तिमी मात्र हौं यो देशको सच्चा नेपाली
मलाई त बनायो भारतीय बिहारी धोती
थारुलाई नेपालको मुल बासी धर्ती पुत्र भन्दै भ्रमको खेती गर्‍यो
तर , त्यही धर्ती पुत्र थारुलाइ आफ्नो हक अधिकार , धर्म सांस्कृति पहिचान बाट गर्‍यो बन्चित
अब भन्नुहोस्
यी सबै भुलेर म कसरी सक्छु निदाउन ??

              - बिनोद चौधरी
          जय नेपाल धन्यवाद ।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu