नवलपरासी जिल्ला नवलपुरका साङगितिक क्षेत्रमा चर्चा कमाउन सफल गायक केशब राज महतोको बिल्कुलै नया..र्याप गित... अरि बोबि सौरि.... यु ट्युबमा हिट हुँदै गैराखेको छ।गित रिलिज भएको तेस्रो दिनमा नै करिब 13 हजार भिउ पाउनु एउटा थारु भाषाको म्युजिक भिडियोको लागि निकै सराहनिय कुरा हो अनि यो भन्दा पनि ठूलो कुरा यो गीत लाई सबैले निकै मन पराएका पनि छ्न जुन अहिले सबै भन्दा ठूलो उपलब्धी हो। गायक महतोको नयाँ धार अनि नयाँ खालको शब्द,संगीत र गायकिको सबै जनाले मुक्त कन्ठले तारिफ पनि गर्दै छन र भनिदै छ सायद अब थारु भाषाको गीत संगीतमा नयाँ आयाम थपिएको छ।
मध्य नेपालकै अति होनहार निर्देशक हिरा चौधरी द्वारा निर्देशित भिडियोमा उनले निकै मेहनत गरेका छन,कम साधन र श्रोत का बाबजुद पनि राम्रो भिडियो बनाउन उनी माहिर छ्न त्यसैगरी (बाके)पश्चिम् नेपालकै टप मोड्ल सुनिता दहितको अभिनयले सबैको मन जितेको छ र गैडाकोट नवलपरासी कि निकै सुन्दर मोडल एन्जिला धितालको सुन्दरताले सबै घायल भएका छन।त्यसै गरि नवलपरासीकै नया कलाकार अमन मह्तो र देव महतो ले पनि दुई अनुभबी मोडल सङ्ग अनस्कृन भरपुर खुलेर रोम्यान्स गर्न पाएकोमा सबै जनाले मन पराएका छन।
क्यामरामा भने चितवनको निकै चर्चित क्यामरा म्यान लक्छ्मन घिमिरेको र नवलपरासीका ND Studio(The Story Maker) का प्रोप्राइटर पति राम थनैत हुनुहुन्छ तेसैगरी सम्पादन को काम निकै मेहनत का साथ चितवन का कुशल कलाकार,कोरिओग्राफर एबम निर्देशक सुरेश चौधरी ले गर्नु भएको छ। अरि बोबि सौरी बोलको गितमा सम्पुर्णको निकै मेहनत रहेको छ र जुन स्पष्ट झ्ल्किएको पनि छ। तपाईंहरुको साथ र हौसला को अझै पनि खाचो छ।कृपया उहाहरुको हौसला अझ बढाउनको लागि लाइक कमेन्ट र शेयर अवश्य गरिदिनुहोला।
!!!!!!!!!!!!!!धन्यवाद!!!!!!!!!!!!


