छोरी र बुहारीमा फरक नजर लाउछन् किन ?
सधैं छोरी असल बुहारीलाई गलत बताउछन् किन ??
आफ्नो छोरी पनी कसैको बुहारी हो यो नबुझेर ?
बिना गल्ती खोट देखाई देखाई आफ्नो बुहारीलाई सताउछन् किन ??
अन्जानमा कुनै गल्ती हुन पुग्यो भने महाशय ?
माईतिको नाम लिदै बुहारीलाई होच्याउछन् किन ??
डाक्टरि कमिकमजोरि कसको छ छुट्याउदैन ?
छोरा पाइनस् भन्दै बुहारीलाई कराउछन् किन ??
छोरी र बुहारीमा फरक नजर लाउछन् किन ?
सधैं छोरी असल बुहारीलाई गलत बताउछन् किन ??
लेखक:- प्रवासी थारु सेवा समाज मलेसियाको संचार सचिब भागवत चौधरी थारु हुन।
