गजल
~~~~~
अस्ताउदैछ कैद मुक्त हुने आस अब।।
थारू मन्त्री नखेल झुठो तास अब।।
~~~~~
तिमीहरू गदगद छौ पैसा कुर्सी पाई।
निर्दोष कैदीको घुट्दैछ सास अब।।
~~~~~
किन र केको लागि सपथ लिन्छौ खै?
भुँडी भर्यो के नै गर्छौ विकास अब।।
~~~~~
भन्न मन लाग्छ थारू मन्त्री मुर्दावाद।
आफै र सबलाई बनायो दास अब।।
~~~~~
कसरी आउन सक्छौ भोत माग्न।
थारू जनता गर्न छाडे विश्वास अब।।
~~~~~
सन्दर्भ-#टिकापुर घट्नाको
किन हुदैन कैदीहरूको आदालति सुनवाई?कम्जोरी कस्को हो? वास्तविक दोषी ठहर गरी सजाय सुनाउ सरकार।निर्दोषलाई तुरून्त रिहा गर।
~~~~~
लेखक:=असिराम डंगौरा