अन्ततः रेस फिल्मको च्यारिटी सो मलेसियामा भब्य सम्पन्न (फोटो फिचर हेर्नुहोस्)

Wednesday, 2 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मेयइ २ तारिख/क्वालालम्पुर/मलेसिया:=अन्ततः नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको प्रमुख आयोजना
मा प्रदर्शन गरिएको रेस नेपाली चलचित्रको च्यारिटी सो भब्यताको साथ सम्पन्न भएको छ।

गएको महिना अप्रिल ८ तारिख आइतबार देखि मलेसियाको विभिन्न शहरमा प्रदर्शन सुरु गरेको यस् चलचित्रको हिजो मेयइ १ तारिख क्वालालम्पुरमा नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष पिटि शेर्पा पिनासाको प्रमुख सक्रियतामा भिआइपी सो आयोजना (प्रदर्शन)गर्दै सम्पन्न भएको हो।फिल्म प्रदर्शन संगै नेपाल बाट अतिथि स्वरुप पाल्नु भएका नेपाली फिल्म निर्देशक किशोर सुब्बा र रेसका सह-निर्माता रबिन कुमार गुरुङ लाई महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासा ,ब्यवसायी दिल केरुङ लिम्बू ,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक घनश्याम चौधरी,मन्जरी थिएटर ग्रुप मलेसिया ,नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसिया,तामाङ समाज मलेसिया लगायत पीडितहरु लाई उद्दार गर्न तमत्यार भएर लाग्ने सक्रिय जातीय संघसंस्थाको पदाधिकारीहरुले खादा ओढाइ कदरपत्र,सम्मानपत्र प्रदान गरि सम्मानित समेत गरेका थिए।


यो फिल्म मलेसियाको विभिन्न मुख्य मुख्य शहरहरु इपो,जोहोरबारु,पेनाङमा समेत प्रदर्शन गरिएको थियो।रेस नेपाली चलचित्रको च्यारिटी सो कार्यक्रममा मलेसियाको विभिन्न शहरहरुमा छरिएर बसि रहनु भएका जातिय गैर जातिय संघ संस्थाका पदाधिकारीहरु,राजनितीक दलको भातृ संगठनका पदाधिकारीहरु,समाजसेवी,पत्रकार,बुद्धिजीवी,लगायत नेपाली श्रमिकहरुको उल्लेखनीय सहभागीता रहेको थियो।





















Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu