हमार सनेश ड्टकम,,
सन्दर्भ :-टिकापुर घटना,,,
कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवश्यकता पर्दछ।
सन्दर्भ :-टिकापुर घटना,,,
कुनैपनि दोष प्रमाणित हुन निम्न कुराको आवश्यकता पर्दछ।
तपसिल:-
(१) देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रत्येक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अमुल्य अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा सांसद रेशम चौधरीलाई दोषी भन्नुहुन्छ?
(१) देख्ने जान्ने साक्षी :- कैलाली टिकापुर क्षेत्र नम्बर १ टिकापुरमा घटेको घटनालाई प्रत्येक्ष देख्ने जान्ने र सुन्ने, घटनास्थल वरिपरिका ३४ हजार ३ सय ४१ जनताद्वारा, कानुनी भाषामा साक्षिले रेशम चौधरी उक्त घटनाको दोषी हैन र थिएन भनेर आफ्नो अमुल्य अभिमत द्वारा बयानदिई सके, अब तपाईं केको आधारमा सांसद रेशम चौधरीलाई दोषी भन्नुहुन्छ?
(२) अभियोग पुष्टि हुने सवुत-प्रमाण:- उक्त घटनामा रेशम चौधरीको प्रत्यक्ष-अप्रत्यक्ष कुनै किसिमको सङ्लग्नता भएको हाल् सम्म कुनै भरपर्दो प्रमाण फेला परेको छैन। के प्रहरीमाथि प्रयोग भएका प्राप्त विभिन्न हतियारमा के रेशम चौधरीको औठाछाप छ? के रेशम चौधरीको घर वा उहाँको साथवाट हतियार बरामद भए? के २ बर्षका वच्चालाई गोली हानिएको भनिएको एसएल्आरको राइफल रेशम चौधरीको साथमा फेला पर्यो..? उक्त राइफलमा रेशम चौधरीको फिङ्गरप्रीट छ? हैन छैन भने केको आधारमा सांसद चौधरी कसुरदार..?
(३) घटनास्थलको प्रकृति मुचुल्का:- घटना स्थलको प्रकृति मुचुल्का र बस्तुस्थिती मुचुल्काले, प्रहरी वरिष्ठ उपरिक्षक सहित ७ जना सुरक्षाकर्मि र एकजना २ वर्षे वच्चाको हत्याको घटना,रेशम चौधरीले नभै,उक्तदिनको थारुहट्प्राप्ति आन्दोलनमा उत्तेजित भिडले गरेको देखिन्छ, र फेरि जहाँ अन्याय र अत्याचार हुने गर्दछ ,विभेद हुने गर्दछ त्यहा आन्दोलन हुन्छ नै एक दुई जना सहिद हुन्छ नै ,आफ्नो हक अधिकारको लागी आन्दोलन गर्दा उतेजित भिडको परिणाम हो टिकापुर घटना ,राज्यले जनतालाई पेलेर जान खोज्दाको परिणाम हो टिकापुर घटना अनि तपाईं कसरी भन्नुहुन्छ
सांसद चौधरी कसुरदार..?
सांसद चौधरी कसुरदार..?
(४) उक्त घटनावारे छानवीन गर्न र सत्यतथ्य पत्ता लगाउन, नेपाल सरकार द्वारा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिषचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। उक्त आयोगले रेशम चौधरी घटना घटेको दिनमा बर्दियामा भएको, उहाँ घटनाको पिडक नभएर पिडित भएको भनेर भनेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न नसक्नु,सांसद
चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?
चौधरीलाई फसाउन खोजेको षड्यन्त्र गरिरहेको देखिन्छ, कि हैन? हैन भने केहो?
(५) अभियुक्तका साविती बयान :- अभियोग लागेका साम्सद रेशम चौधरीले नेपाली जनता, विभिन्न मिडिया, समाजिक सन्जाल र स्वयम् सम्मानित अदालतमा उपस्थित भएर उक्त आरोप अस्विकार गर्नु भएको छ।
(६) साम्सद चौधरीले उक्त घटना अघि र पछि र त्यसदिनको कल डिटेल चेक गर्न हेर्न समेत सरकारलाई चुनौती दिनुभएको छ। यदी उहाँ घटनामा सङलग्न भएको भए कल डिटेलमा रेकर्ड होला नि,के तपाईं त्यो देखाउन सक्नुहुन्छ..?
(७) कुनै पनि आधार प्रमाणले साम्सद चौधरीलाई कसूरदार मान्न सक्दैन, केवल उत्पीडित जाती समुदायको जनतावाट एकमात्र अनुमोदित प्रमुख कमान्डर हो रेशम चौधरी यसलाई ठिक पारिएन भने आउँदा दिनमा उत्पीडित एवं विभेद विरुद्धको आन्दोलन, आगामी दिनमा अझ सशक्त हुन्छ भनेर एकात्मक वाहुनवादीहरुवाट डर पालिएको र त्यही डरको कारण, उहालाई फसाउन षड्यन्त्र गरिएको मात्रै देखिन्छ।
(८) टिकापुर घटना थारु हरुले " थरुहट स्वयत्त प्रदेश " सम्बोधन गरियोस भनेर लगातार ३५ दिनसम्म शान्ति पुर्ण आन्दोलन गर्दा पनि राज्य बाट तेस्लाई बिल्कुलै बेवास्ता गरेपछि त्यहाँ को जनमानस बाट निस्किएको आक्रोश र तेस्लाई निमिट्यान्न पार्न राज्य ले जस्तो सुकै पनि कदम चाल्ने रणनीतिमा प्रहरी दबाव दिएपछि बिस्पोट भएको घटना हो ..----- एउटा हात ले ताली बज्दैन , जहाँ दमन हुन्छ त्यहाँ आवाज निस्कन्छ , जहाँ दमन हुन्छ त्यहाँ क्रान्ति हुन्छ ,बिद्रोह हुन्छ , यो तपाईं मा पनि हुन्छ ,म मा पनि हुन्छ ,हर कसैमा हुन्छ , अहिले को समयमा को छ लाटा र गौतम बुद्ध ???
(९) प्रचण्ड लगायत तत्कालीन माओवादी पार्टीले नेतृत्व गरेका १० बर्से जनयुद्ध, केपि शर्मा ओलिको झापा कांड , सुर्य बाहादुर थापा को धनकुटा छिन्ताङ्ग कांड जहाँ दर्जनौ राई हरुलाई प्रहरी लाएर एकै रातमा सफाय गरेको थियो , गौर कांड , बाँदर मुडे कांड , मदन भण्डारी आस्रित कांड , बिरेन्द्र राजदरबार हत्या कांड ,केही समय अगाडिको सप्तरी कांडहरु राजनैतिक मुद्दा हुनसक्छ भने टीकापुर कांड किन राजनैतिक मुद्दा भएन ? अनि एस्ता राजनैतिक मुद्दा संग जोडिएका अचानक घटेका अप्रिय घटना हरुको दोष कुनै एक ब्याक्ती लाई ??? आजसम्म घटेका घटाइएका तेति ठुला ठुला मानबिय क्षति भएका घटना हरुको दोषी लाई कति जना लाई सजाय दिलायो यो राज्यले???
(११)टीकापुर कांड के रेशम चौधरी को ब्याक्तिगत स्वार्थ को लागि भएको घटना हो ???? यदि टीकापुर घटना प्रष्ट राजनैतिक मुद्दा संग जोडिएको होइन भने के नेपाल का प्रहरी र नेपालका आदिवासी तराईको।भुमी पुत्रहरु बिच जन्म जात जतिय दुश्मनी हो त ????
(१२)छनबिन समिति आयोग ले निर्दोष साबित गरिसकेको एक देश प्रेमी भुमिपुत्र लाई अन्दाज को भरमा हत्याको आरोप लाउदै दुई अडाई बर्ष सम्म आफ्नो बाल बच्चा छोडेर डर र त्रासमा बाँच्न बाध्य बनाइ आफुमा लागेको झुठो आरोप जनमानिस को गलत बुझाइ सकारात्मक हुन्छ कि भन्दै आफै कानुन नियम पालन गरि कानुन सामु आउदा ,हाल नेपाल कै सबैभन्दा बढी जनमत ल्याउन सफल हुने देश कै एक जिम्मेवार साम्सद पद मा नियुक्ति भैसकेको एक ब्याक्ती लाई जेल भित्र अनेक पिडा र यातना दिएर भोलि रेशम चौधरी लाई तलमाथि भैहाल्यो भने यो बनारसी सरकार ( राज्य ) ले ठुलै समस्या भोग्नु पर्ने हुन्छ ।
(१३) जनताको अधिकारको लागि लडिरहेका रेशम हत्यारा हो भने अरुको छोरी चेलीलाई बलात्कार गर्ने पुलीस प्रशासन के हो? २०० भन्दा बढि थारुहरुलाई धडधड गोली हान्ने पुलीस प्रशासन के हो ?गिद्दी नै छताछुल हुनेगरि मधेशीलाई गोली हान्ने पुलीस के हो? कफ्युकाे विचमा थारूहरूकाे घरमा छानी छानी अागाे लगाउने प्रसासन चाहीँ के हाे ? यस्तालाई आन्दोलनकारीले यतिकै छोड्थे त?
(१३) जनताको अधिकारको लागि लडिरहेका रेशम हत्यारा हो भने अरुको छोरी चेलीलाई बलात्कार गर्ने पुलीस प्रशासन के हो? २०० भन्दा बढि थारुहरुलाई धडधड गोली हान्ने पुलीस प्रशासन के हो ?गिद्दी नै छताछुल हुनेगरि मधेशीलाई गोली हान्ने पुलीस के हो? कफ्युकाे विचमा थारूहरूकाे घरमा छानी छानी अागाे लगाउने प्रसासन चाहीँ के हाे ? यस्तालाई आन्दोलनकारीले यतिकै छोड्थे त?
(१४)कुख्यात कृते कागजी गर्ने नवराज सिलवाल राष्टघाती दलाल, लाई सर्बोच्च अदालतले दोषी ठहर गरी, गिरफ्तारी को पुर्जी जारी गरीसकेका, सिलवाल पार्टीको आडमा संसद भवनमा भित्र छिरे तर अधिकार र अस्थित्वको आवाज उठाउने सोझो जनजाति थारुको छोरा लाई सर्बोच्च अदालतले दोषी या निर्दोषी ठहर गर्नै नसकेको अवस्थामा पनि पुर्पक्षको लागि थुनामा कोच्ने, शासकिय प्रबृतिलाई के भन्नुहुन्छ .....?
!!! चेतना भया !!!