थारुहरुले किन पिउछ्न होला दारु?(पढेर सेयर गर्नुहोस्)

Saturday, 26 August 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कविता,,
आफ्नै गाउँ घर गनाएको देख्छु
किन प्राय थारुलाई दारुको नशामा,
रमाएको देख्छु,?
को होला थारु?
त्यस्तो के होला पेय पदार्थ दारु ?

थारु ठिक छ तर दारु चाहिँ हैन है साथी ठिक,
थारु ले त आखिर रोजेकै छ्न जहरिला बीस,
थारु जात ले दारु पिएरै हुन्छन आखिर ठिस,

मोल छ झोल को झोल पिएर बर्बाद हुन्छन थारु,
थारुहरुलाई नै सरकारले हेपि राखेका छन
भनेर बिहारी,धोती भारु,
थारु को अंशमा दारु लेखेको एउटा मुल अंश बन्डा,
तातो खानेकुरा त के खानु दारुसंगै खान्छन गोलो अन्डा,।।

थारु जातिलाई म केही भन्छु ! किन पिउछन दारु,
ओहो म पनि थारुपरे दारुलाई त संस्कार मानेर पुज्छौ हामी थारु,।
मलाइ त लाग्छ थारुको दारुमा लुकेको छ सत्यतथ्य बोली
थारु दारु पिएरै चलाउछन एक आपस मै सायद गोलि,।।

म बुझ्छु यो कुराहरु तपाइँहरु पनि बुझीदिनु होला,
मैले के भने ! नबुझेपनि मलाइ पनि बुझाइ दिनुहोला,।
सायत तपाइँ पनि थारु हौ दारुको स्वाद लियौं होला,
म पनि थारु नै हुँ तरपनि यो कुरा कसको लागि भने होला,।। 

हे थारु हौं , दारु चाहिँ न पिउ,
दारु मै छन मिसाएको बर्बादीको बीउ,।
तपाइँ भन्नू हुन्छ कसरी ? म भन्छु यसरी
थारु हौं भने दारु पिउनै पर्छ भन्ने छैन जरुरी,।।

के थारु को दारु आन बान सान पहिचान हो
हाम्रो त थारु जातिकै इतिहासमा "थारु" नाम हो,।
दारु पिएर ठुलो हुदैनन् बरु थारु जातिकै बदनाम हो,
थारुको नाम मा दारु पिए आम थारु कै अपमान हो,।।

हे थारु हो इतिहास हेर !
थारु को एउटा इतिहासमा नाम छ,
दारु पिएरै थारुको हरेक समाजमा बदनाम छ,।
म भन्दिन न पिउनु दारु पिउनु! मज्जाले पिउनु
तर थारुलाई किन हेपेको छ दारु होइन थारु भएर जिउनु,।।

म पनि थारु हुँ, रहन्छु तर कसैले दारु पिलाएको होइन,
म पनि थारु भएरै बाच्न चाहन्छु,हामी सबै भुमीपुत्र हौ  तर बिहारि,धोती भने  कदापि होइन।

     लेखक:=थारु युवा साहित्यकार सुरेश चौधरी हुन।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu