गजल/रचना,,
गर्व गर्छु म थारु हुनुमा
यहि नै हो मेरो असलि पहिचान-२
डाढमा धोती र मर्दानी लाउछु
सिरमा बाध्ने गम्छा हो हाम्रो सान।
न त हामी थारुहरु बजारमा हात जोडेर
अरु संग भिख माग्न जान्छौ
न त गर्छौ कसैलाई ठेस पुर्याउने काम-२
हामी नेपालको आदिवासी सोझा साझा थारुहरुले
सबै जातिको धर्म/संस्कृतिलाई गर्छौ मान सम्मान।
कसैको सामु झुक्दैनौ हामी
पुर्खौ पुर्खा देखि घोङ्गी खाएरै बनाएको छौ आफ्नो ज्यान बलवान-२
संस्कृतिमा धनी हामि थारुहरुको आफ्नै छ
राष्ट्रिय स्तरको आन/बान सान।
गर्व गर्छु म थारु हुनुमा
यहि नै हो मेरो असलि पहिचान-२
डाढमा धोती र मर्दानी लाउछु
सिरमा बाध्ने गम्छाले हो राख्ने मान।
लेखक :-यस वेबसाईटका संचालक प्रमुख तथा प्रधान सम्पादक आर एन चौधरी थारु हुन।