एकादेशमा एउटा किसान परिवार थिए ! उनीहरु खेतिकिसानी गरेर गुजारा चलाउँदै आएका थिए। घरमा गाई, गोरु पनि पालेका थिए ।
एकदिनको कुरो हो; त्यो घरमा गाई ब्यायो। गाइले बाच्छो पायो, बाच्छोलाइ दुध खुवाउँदै किसान दाइ गोठमा गाई दुँदै रहेछन् । यो सब दृश्य माथि छानोमा बसेको छेपारोले नियालिरहेको थियो । त्यसैबेला त्यस छेपारोले सोंचेछ कास म पनि त्यो बाच्छो भएर जन्मिन पाएको भए यी किसान दाइले मलाई कति माया गर्थे, गाइको दुध खान पाउँथे, हे भगवान अर्को जुनिमा म यस्तै बाच्छो भएर यस धर्तीमा जन्मिन पाउँ भनेर बरदान मागेछ ।
यो कुरा महादेवको कानमा परेछ । केहि समय पश्चात् त्यो छेपारो मरेछ र त्यही घरमा उहि गाइको बाच्छो भएर जन्मिएछ ।
सुरुका दिनमा उसले देखेको दृश्य सोंचेको जस्तै उसले पायो, निकै रमाइलो मान्यो भगवानलाई धन्यवाद दियो। दिन बिस्तारै बित्दै गयो, त्यो बाच्छो हुर्किंदै गयो जब दुई सालको भयो त्यसलाई ती किसान दाइले बारीमा दाउन लगे, जोत्न थाले । उ तन्नेरी गोरु भयो । उसले दुध खान पाएन, घाँस पराल खाएर दिनभरि जोतिनुपर्ने। उसलाई यो गोरुको जिन्दगी पनि ब्यर्थ लाग्न थाल्यो ।
उसले सोंच्यो यो गोरु भएर दिनभर जोतिनुभन्दा भन्दा त हलि (किसान) को जिन्दगी ठिक छ । हलिले मन लागे जोत्छ, मन नलागे जोत्दैन । गोरु भएर हलिको इसारामा चल्नुभन्दा हलि भएर गोरु जोत्नु बेस; अहो हलि हुनुपर्ने रहेछ ठान्यो र एकपटक फेरि भगवान पुकार्यो अर्को जुनिमा म किसान भएर जन्मिन पाउँ भन्यो । एकदिन जोत्दाजोत्दै त्यो गोरु मर्यो ।
केहि समयपछि त्यो किसानको घरमा एउटा बालकको जन्म भयो । बिस्तारै बालक हुर्कंदै गयो । उ युवा भयो । उसले परम्परागत किसानी पेशा अंगाल्नुपर्यो ।
किसानको जिन्दगी बिहान सबेरै उठेर मेलामा जानुपर्ने । खेतिबारिको काम घामपानी सहनुपर्ने । गोरु भएर जोतिनुभन्दा हलो जोत्ने किसान हुन निकै गाह्रो भयो उसलाई । गोरु र किसानको जिन्दगी देखि वाक्कदिक्क भएर फेरि सोंच्यो हे भगवान मैले यो के वर मागेर गल्ती गरें । हलिको जिन्दगी झन् बेकार छ । बरु त्यही छेपारो ठिक थियो । म फेरि छेपारो हुन चाहन्छु भनेर वर माग्यो ।
त्यसैबेला त्यहाँ महादेव प्रकट हुनुभएछ र भन्नुभएछ; हे मूर्ख मनुष्य तिमिले आफ्नो जिन्दगीमा जे जस्तो जति पाएका छौ त्यसैमा सन्तुष्ट हुनुपर्छ। दुनियाँमा कसैलाई पनि संधै आफुले चाहेजस्तो सन्तुष्टि मिल्दैन । असन्तोषी