सुनिल चौधरी,,
झुम्का:= रामधुनि नगरपालिकाका वडा नं. १ का वडाअध्यक्ष महेश चौधरी सम्मानित भएको छ ।
प्रहरी दिवसको अवसरमा शान्ति सुरक्षा कायम राख्न उच्च योगदानको मुल्याङ्क गर्दै चौधरीलाई १ नम्बर प्रदेश मुख्य मन्त्रि शेर धनराईले सम्मान गर्नु भएको हो ।
मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नागरिकको उच्च जिमेवारी बहन गर्दै निस्वार्थ सहयोगको उदाहरण प्रस्तुतगरी समाजमा शान्ति सुरक्षा कायम राख्न योगदान दिएको प्रति उच्च मुल्याङ्क गर्दै सम्मान गरेको हो । सम्मानित भएपछि चौधरीले आफुमा थप जिम्मेवारी बढेको भन्दै अगामि दिन सक्रृय भएर लागिपर्ने बताए ।