१९अौँ भूकम्प सुरक्षा दिवस २०७३ को शुभकामना सहित यो कविता
~~~~~~
"म,भुकम्प र अामा"
कुनैबेला,मेरी अामा भन्नुहुन्थ्यो
"भुइचालो अाउँदा जमिन हल्लिन्छ"
तर म ,छक्क पर्थेँ
र सोच्थेँ जमिन पनि हल्लिन्छ होला र ?
पटकपटक मेरी अामाले भुइचालोका कथा सुनाउनुभयो
सुनाउँनुभयो जमिन हल्लिएका कथा
सुनाउँनुभयो घरको चुलिगाह्रो भत्किएको कथा
र,
सुनाउँनुभयो बा'लाई घर भत्किएर पुरेको कथा ।
म सुनिरहेँ
अामाका हरेक कथाहरू
हेरिरहेँ अामाका नयनबाट बगेक अाँसुहरू
तर
मैले बुझिनँ कि अामा कथा हैन
शत्य भन्दै हुनुहुन्छ ।
बर्षौँ पछि,मेरी अामाको मुखबाट त्यही कथा निस्कियो
निस्कियो बा'को मृत्युको कथा
जब म बुझ्ने भइसकेको थिएँ
नियालेँ अामाको सिउँदो
नियालेँ अामाको गला
अनि
नियालेँ अामाका हातहरू
उस्तै देखिन्थेँ सबैतिरजस्तो थियो
मेरी बैनीको सिउँदो,
र गलाउस्तै थिए
अामा र बैनीका हातहरू तब मात्र मैले बुझेँ कि
बा त मरिसकेका रैछन् ।
अाकासका ताराहरू नियालीरहेका थिए
धर्तीका प्राणीहरू हरेक बस्तीहरूमा कोलाहल थियो
यत्रतत्र बगेका थिए अाँसुहरू
र,म पनि रुदैँ नियालीरहेको थिएँ
नियालिरहेको थिएँ अाफ्नै घर नियालीरहेको थिएँ
अामाका चेहेरा सुन्न चाहन्थेँ
अामाका कथाहरू
तर अाज अामा मौन हुनुहुन्थो
चुपचाप हुनुहुन्थ्यो
किनकि अाज फेरि हल्लिएको थियो जमिन
अनि
भत्किएको थियो घरको चुलिगाह्रोर
फुटेको थियो मेरी अामाको टाउको लगेको थियो
भुकम्पले मेरी अामा जहाँ बा'लाई पहिलै लगिसकेको थियो ।
२,माघ,२०७३!भुकम्प सुरक्षा दिवस
"
दिपक भण्डारी निश्छल
