कतारमा मृत्यु भएका लक्ष्मणको शव अलपत्र/शव नेपाल झिकाउन सम्बन्धित निकायले चासो देखाएन।

Monday, 3 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= रौतहट, चन्द्रपुर–८ सन्तपुरका रोशनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदूताबासमा फोन गर्ने र काठमाडौंमा रहेका बैदेशिक रोजगारसम्बद्ध निकाय धाउँदैमा वितिरहेको छ ।


रोजगारीका लागि कतार पुगेका ४६ बर्षीय पिता लक्ष्मणको उतै निधन भएपछि रोशनकुमारको दौडधुप भइरहेको हो । पिताको शव घरसम्म ल्याउन रोशनकुमारले जतिसुकै दौडधुप गरेपनि अहिलेसम्म कुनै उपलब्धी हात लागेको छैन । ‘पिताको शव घरमा पठाइदिनुपर्‍यो भनेर दैनिकजसो कतारस्थित नेपाली दूताबासमा फोन गरिरहेको छु’, आइतबार सहयोगका लागि बैदेशिक रोजगार बोर्डको सचिवालय पुगेका रोशनले भने, ‘सबैले काम भइरहेको छ भन्छन् । तर कहिले शव आइपुग्छ यकिन छैन ।’


१४ महिनादेखि कतारको रिक्लाइमेक्स तेल कम्पनीमा हेड मेकानिक्सको रुपमा कार्यरत लक्ष्मण पुनः बैदेशिक रोजगारीमा नजाने गरी यही फागुनमा घर फर्किने तयारीमा थिए ।काम गर्दै आएको कम्पनीले लक्ष्मणले आत्महत्या गरेको घर परिवारलाई जानकारी दिए पनि चौधरी परिवारले त्यस्तो सूचना गलत भएको बताइरहेको छ । लक्ष्मणले माघ ५ गते कार्यरत कम्पनीमै झुन्डिएर आत्महत्या गरेको जानकारी दिइएको छ । -नागरिक दैनिकबाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu