बारामा १४ बर्षिय बालिकालाई बलात्कार गर्ने भारतिय बाबा पक्राउ/गाउँले द्वारा बाबालाई रामधुलाई।

Monday, 3 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दुष्यन्त चौधरी,,

कलैया:= बाराको कोल्हवी नगरपालिकाको वडा नम्बर ११ रमपूर्वामा १४ वर्षिया बालिका बलात्कृत भएको छ । विगत १५ वर्ष देखि कोल्हवी क्षेत्रमा एक भारतीय नागरिकले वर्ष ५५ को आफू  आसाराम बाबाको चेला बताउने झण्डा बाबा भन्ने रामेश्वर शर्मालेे बालिकालाई बल्तकृत गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले  जानकारी दिए ।


शर्माले बालिकालाई मन्त्र सिकाईदिने भनी बल्तकार गरिरहेकै अवस्थामा ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले आसाराम बाबाको चेला बताउने झणडा बाबा भन्ने रामेश्वर शर्मालाई पक्राउ गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले बताए । जिल्ला प्रहरी कार्यालय बाराले दिएका जानकारी अनुसार झणडा बाबा भन्ने रामेश्वर शर्माले आफू आसारामको चेला हो भनी कोल्हवी क्षेत्रमा झारफुक गर्ने बाबा हो भनी विश्वास जमाएर बस्दै आएको थियो । 


एक स्थानीयले दिएको जानकारी अनुसार झणडा बाबा भन्ने रामेश्वर शर्माले विगत लामो समय देखि कोल्हवी क्षेत्रमा तन्त्रमन्त्र जान्ने गरेको अन्धविश्वास जमाएका थिए । झणडा बाबा भन्ने रामेश्वर शर्माले झारफुक तथा तन्त्रमन्त्र सिकाईने भनी बालिका तथा महिलालाई  बोलाई यौन शोषण गर्दै आएका सुनेको जानकारी दिए।

शर्माले नाबालिकलाई करणी गरेकाले फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनाए । अपराध सहिंता २०७४ को  परिच्छेद १८ अन्तरगर्त करणी सम्बन्धि कसुरमा दफा २१९ को उपदफा ३ को ग अनुसार १४ वर्ष भन्दा माथि १६ वर्ष सम्मको बालिका / महिलालाई करणी गर्दा १२ वर्ष देखि १४ वर्ष सम्म कैद हुने प्रावधान रहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए  । 

Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu