माघी संक्रान्ति पर्व नजिकिए सगैं तिल र धानबाट बनाएको भुजाको लडु (मुरही)को कारोवारमा वृद्धि

Monday, 8 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

निशान प्रकृति थारु,,
पूर्व देखि पश्चिम सम्मका तराई क्षेत्र विशेष रुपमा मनाउने माघी संक्रान्ति पर्व नजिकिए सगैं तिल र धानबाट बनाएको भुजा (मुरही)को कारोवारमा वृद्धि भएको छ ।
माघे संक्रान्तिमा तिल र भुजाको बढी उपभोग गर्ने भएकोले कारोवार राम्रो भएको सुनसरीका व्यापारी सन्जय साहले बताए । उनका अनुसार पुष लागे पछि तिल र भुजाको माग अत्याधिक आउँछ, हामीले माग अनुसार पु–याउनै गाह्रो हुन्छ, यसको विक्री माघ र फाल्गुन सम्म लाखौको गर्ने गरेको बताएका हुन ।

बर्षौ भरी नै तिल र भुजाको उपभोग भए पनि जाडो सिजनमा यसको कारोवार राम्रो हुन्छ, अर्का व्यापारी तिलक चौधरी जानकारी दिएका छन । तराई क्षेत्रमा जाडो महिनामा यसको धेरै राम्रो व्यापार हुने गरेका सुनाए ।चिसो मौसम बढे सगैं वैज्ञानिक तवरले पनि पौष्टिक तत्व भरीपुर्ण भएकोले शरीरलाई तातो र न्यानो राख्न अधिक रुपमा तिल र भुजाबाट बनेको विभिन्न प्रकारका पकवानहरु बनाएर खाने चलन रहेको थारु अगुवाले बताएका छन ।
नयाँ अन्नपात उपभोग गर्दै भूमिपूजन सहित अर्को बर्ष पनि कुनै दुख विराम नहोस भनि तराईवासिले माघी पर्वलाई उत्साह रुपले मनाउदै आईरहेको छ ।
परिश्चका थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने, बडघर चुन्ने,अगुवा(नेता) छान्ने लगायत बर्ष भरीको हिसाब वारी गरेर नयाँ योजना बनाउने समेत गर्दछ ।

पूर्वका थारु समुदायले माघीलाई उत्सवको रुपमा मनाई त्यो दिन एक आपसमा शुभकामना आदान–प्रदान गरी तिलको लडु, भुजाको लडु, माछा, मासु, चिचिरी भात, भका, तरुल, अुलवा लगायत दर्जनौ परिकार बनाएर खाई धुमधामले मनाउने चलन रहेको छ ।
माघे संक्रान्तिका दिन सुनसरीको बहरा क्षेत्र, झापाको माइखोला, खोटाङको हलेसी लगायत शक्ति पिठहरुमा ठुलो मेला लागने गर्दछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu