रामधुनीको झुम्कामा माघी महोत्सव भव्य रुपले शुभारम्भ

Friday, 5 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
झुम्का:= सुनसरीको रामधुनी नगरपालिकामा आज बाट दश दिने माघी महोत्सव–२०७४ शुभारम्भ भएको छ । माघी महोत्सवको उदघाटन गर्दे संस्कृति तथा पर्यटन राज्यमन्त्री सुमित्र विश्वासले थारु जातीय परम्परा, भेषभुषा एंवम संस्कृति अनुरुप थारु समुदायको संस्कृति नेपालको पहिचानमा विशेष महत्वको भएको बताउनु भयो ।

सोही अवसरमा पूर्व यातायात राज्यमन्त्री एवम सांसद सिताराम मेहताले थारु समुदायको विशेष पर्वका रुपमा मनाईदै आएको माघी पर्वको अवसर पारेर माघे सक्रान्ति अर्थात नयाँ अन्नपात उपभोग गर्दै भूमिपूजन सहित अर्को बर्ष पनि कुनै दुख विराम नभई सुख शान्ति सहित सम्पूर्ण थारु समुदायको परिवारमा नयाँ उमङ्गसाथ जीवन वितोस भन्ने कामना गर्नु भएको छ ।
माघी अर्थात नयाँ बर्षको पावन अवसर पारेर थारु समुदायले तील र भुजाको लड्डु, घुँगी चिचिर भात रोटी बयिया हाँस र कुखुरा एवम माछा र मासु आदि धेरै प्रकारका पकवानहरु तयार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै माघी पर्वलाई धुमधामसँग मनाईदै आएको छ।थारु समुदायले आफ्नो जातीे भेषभूषासँगै ब्यवहारिक जीवनमा प्रयोग गरिदै आएका विभिन्न सामग्री आदिका झाँकी सहित जातीय पहिरनमा धुमरा नृत्य आदि जातीय संस्कार संस्कृति समेत प्रस्तुत गर्दै माघी महोत्सवलाई मनाउँदै छ महोत्सव अविधिमा झापा मोरङ्ग सुनसरी सप्तरी उदयपुर र धनकुटा लगायतका थारु तथा आदिवासी जनजातीहरु समेत हजारौको सहभागिता हुने विश्वास गरिएको छ ।

थारु महिलासभा रामधुनी झुम्काकी अध्यक्ष सीता चौधरीको अध्यक्षतामा भएको उद्घाघाटन समारोहमा थारु कानुन सभा केन्द्रिय अध्यक्ष रामराज चौधरी रामधुनी नगर उप प्रमुख सविना चौधरी थारु मलिहासभा सुनसरी अध्यक्ष सुशिला चौधरी, आदिवासी जनजाति महासंघ रामधुनी अध्यक्ष राजकुमार चौधरी, थाकस केन्द्रिय सदस्य केसीला चौधरी, रामधुनी वडा अध्यक्ष महेश चौधरी, मनेश चौधरी, धनश्याम चौधरी, थाकस सचिव मनोज चौधरी, जानकी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । माघी महोत्सव र थारु संस्कृतिको पहिचान र परम्परा भएकोले यसलाई संरक्षण गर्नु जरुरी रहेका थारु अगुवा नेताले बताएका छन । महोत्सव पुष २१ गते बाट सुरु भएर ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu