कुलदिप चौधरी
सुनसरी पौष २१ गते शुक्रबार ।
सुनसरीको रामधुनी नगरपालिकामा थारु महिला सभा वडा न. ४ का इकाई कार्य समितीले महिला हिन्सा विरुद्धको कार्यक्रम न्यायिक बार्हय पहुँच कार्यक्रम सम्पन्न गरेको छ । ग्रामीण भेकका महिलाहरुलाइ सााक्षरता लागि तथा महिला हिंनसा बाट जोगाउनका निम्ति जिल्ला अदालतले सो एक दिने कार्यक्रमको आयोजना गरेको हो।
जिल्ला न्यायाधीस बिनोद कुमार श्रेष्ठ ज्युको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथी जिल्ला न्यायाधीश बिनोद कुमार गौतम ,मा.बि प्र. अ . पुरन लाल चौधरी ,वडा प्रतिनिधि चन्द्र माया बि.क,सल्लाहकार राज किसोर चौधरी ,जीवन चौधरी लगायत ग्रामीण भेकका लगभग ६० जना महिलाहरुको उपस्थित रहेको थियो। कार्यक्रमलाई न्यायाधीश बिनोद कुमार गौतम ,नारायण प्र.दहाल,एसोसिएसन सुनसरीका अध्यक्ष प्रम पोख्रेलले न्याय समबन्धी र निमुखा गरिबले कसरी न्याय पाउने बारे जानकारी गराउनु भएको थियो।
कार्यक्रममा पीडित महिलाहरु बाट न्याय समबन्धी धेरै अनतर क्रियाका कुराहरु जान्न पाउँदा महिलाहरु हर्सित देखिन थिए । कार्यक्रम आयोजना सभाकी स. सचीव सरस्वती चौधरी र कमला चौधरीले गरेकी जानकारी दिइन।
