थारु समुदायमा माघी महोत्सव संस्कृती कि बिकृती ?

Saturday, 6 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
एलएन गच्छदार,,
थारु कला सस्कृति, भेषभुषा, परम्परा, थारु खाना, थारु पौराणिक सामाग्री, थारु परम्परागत नृत्य आदि लोप हुन् गएमा थारु समुदायको खास परिचय गुम्न सक्छ / यसलाई जीवन्त दिन र संरक्षण गर्न सके मात्र थारुको परिचय झल्कन सक्छ /

थारु समुदायको नव वर्ष भनेर चिनिने माघी पर्व माघ महिनामा मनाईन्छ / सुनसरीको झुम्कामा थारु महिला सभा रामधुनी नगर कार्यसमितिले पुष २१ देखि नै माघी महोत्सव आयोजना गरि माघी मनाईरहेको छ / थारु समुदायमा पुसको अन्तिम दिनबाट सुरु हुने माघीपर्व करिब साताभरि मनाइन्छ / तोकिएको तिथि र मितिमा मनाउनु पर्ने माघी पर्व कसैले पुस र कसैले फागुनमा मनाउने हो भने हामीले घरघरमा झुण्डीयाउने पात्रोको के काम ? र आउने बैशाखमा सिरुवा पर्व मनाउने थारु समुदायले चैत्र र जेष्ठ महिनामा मनाउने हो भने हामी थारु कता तिर गईरहेका छौँ / संस्कृति नाम बिकृति सिर्जना हुन् न दिन, तोकिएको चाडपर्व तोकिएको समयमा न मनाउने हो भने लगन बिनाको सुन्दुर पोतेको के काम ? यसमा थारु समुदाय सचेत हुनु आवश्यक छ / थारु समुदायको मौलिक परम्परा, संस्कार, सकृति बचाउनकै लागि ठाउँ ठाउँमा माघी महोत्सव आयोजना भइरहेको छ / कतै १० दिने त कतै ७ दिने माघी आयोजनाले सस्कृति परम्परा बचाउनकै नाममा व्यवसाय गरिरहने हो भने निम्न स्तरको थारु झन झन गरिबीको चपेटा पर्न सक्छ /

मोरंगमा हुने माघी महोत्सव  

थारु कल्याणकारिणी सभा र थारु महिला सभा मोरंग जिल्ला कार्यसमिति हिजो (शुक्रबार) बिराटनगरमा बसेको संयुक्त बैठकबाट छुटाछुटै स्थानमा माघि महोत्सव १ दिने मनाउने भएको छ / थाकसका केन्द्रीय उपाध्यक्ष कन्नुलाल चौधरिको निवासमा बसेको बैठकले थाकस मोरंग जिल्लाको आयोजनामा  बिराटनगरको पर्पल ह्याज रेस्टुरेन्ट एण्ड गार्डेनमा  माघ १ गते गर्ने भएको छ भने थारु महिला सभा  मोरंगले माघ ६ गते ग्रामथान गाउँपालिका – ६ को देवी माविको प्राङ्गन तेतरियामा गर्ने भएको छ /     

माघ १ गते हुने माघी महोत्सवमा थारु कला संस्कृति, भेषभुषा र परम्परा जोगाउनका लागि र थारु खान सहितको स्टल र लोपोन्मुख थारु पौराणिक सामाग्री प्रर्दशनी रहने थाकस मोरंग अध्यक्ष प्रदिप भगतले जनाएको छ / त्यसैगरी थारु कला केन्द्रबाट बहुचर्चित गायक तथा संगितकार प्रवाल्दिप विश्वास, देव कृष्ण विश्वास, डिजे क्रायिसिस्ना, आरसी चौधरी र निकिता मण्डलको सुमधुर गायन प्रस्तुति रहने तथा मिस थारनी समुहको बेजोड नृत्य प्रस्तुति रहने आयोजक समितिका उमेश माझीले जानकारी दिए /

त्यसै गरि उक्त बैठकमा  थाकस सचिव जागेश्वर बिश्वासले निर्माणाधीन थाकस भवन मोरंगमा निर्वाचित मोरंगका प्रदेश सभा सदस्य चुमनारायण तबदार र विजय विश्वास र प्रतिनिधि सभाका निर्वाचित सदस्य अमलाल मोदीलाई पुस २९ गते सम्मान तथा बधाई कार्यक्रम गर्ने जनाएको छ /

थारु महिला सभा मोरंगले आयोजना गर्ने माघ ६ गते को १ दिने माघीमा सस्कृतिलाई देखासिखीको रुपमा होइन घाटि हेरी हाड निल्नु पर्ने, हामीले कुनै ठुलो महोत्सव गरि व्यवसाय नगरेको र संस्कृतिलाई बिकृतिको रुपमा होइन परम्परालाई संरक्षण गर्न आयोजना गरेको बताए / संस्कार, संस्कृतिलाई समर्द्धंन गर्नकालागि थारु भेषभुषा प्रदर्शनी, थारु परीकारको स्टल र पौराणिक धुम्रा नाच, निर्वाचित प्रदेश सभा र प्रतिनिधि सभा सदस्यलाई सम्मान कार्यक्रम रहने छ / ग्रामथान गाउँपालिका, थाकस मोरंग, थारु कला केन्द्र, थारु पत्रकार संघ नेपाल मोरंग, थारुके आवाज, विवेकशील थारु युवा समुह लगायतको संस्थाको सहयोगी भूमिका रहने छ /

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu