मलेसिया:= कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत एकजना नेपाली अचेत भएका छन् । डुरियन फ्लेबरको दुई प्याकेट कफी बनाएर पिएका दुइ नेपालीमध्ये एकजना अचेत भएका हुन् । अर्का एक नेपाली पनि विरामी परेका मलेसियाको अनलाइन पोर्टल कोस्मोले समाचारमा उल्लेख गरेको छ ।
कफी पिएको करिब १० मिनेटमै उनीहरुलाई रिंगटा लागेको र कमजोर भइ अचेत भएपछि अस्पताल पुर्याइएको थियो । विरामी हुनेहरु ३१ र ४५ बर्षीय रहेको र उनीहरु त्यहाँ सुरक्षागार्डको रुपमा कार्यरत रहेको बताइएको छ । हाल भने उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । उनीहरुको परिचय खुलाइएको छैन । फोटो :- कोस्मो