कोल्हबी - ८ कि आरिया बस्नेत म्युजिक भिडियोबाट चलचित्रमा नायिका

Thursday, 1 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बारा:=मोफसलमा बसेर चलचित्रमा काम पाउन गार्हो छ्।तराईको बारा जिल्ला कोल्हबी नगरपालिका - ८ कि आरिया बस्नेत म्युजिक भिडियोको यात्रा पछि केही बर्षयता चलचित्रमा नायिका बनेकी छ्न।
तीन बर्षयता काठमाडौमै बसेर म्युजिक भिडियोमा मोड्लिङ गर्दै आएकी आरिया चलचित्र "दिलको राजा"मा नायिका बनेकी छ्न।

भाइराम क्ष्रेष्ठले निर्देशन गरेको यस चलचित्रको छायांकन पछि हाल प्राबिधिक काम भैरहेको पनि उनले बताइन् ।दिलको राजाको ट्रेलर युट्युबमा रिलिज भै सकेको र अब पूरा चलचित्र पनि यसै बर्ष रिलिज हुने यी अभिनेत्रीको भनाइ रहेको छ।मोफसलमा रहेर संघर्ष गर्दा चलचित्र नपाए पछि यी अभिनेत्री बारा जिल्लाबाट राजधानी छिरेकी रै छिन।राजेश पायल राइको " इशाराले बोलाउ "ए ! जुल्ली कसरी बस्यो माया .....आरियाले अभिनय गरेका चर्चित म्युजिक भिडियोहरु हुन।आफुले   " फ्लोरेन्स नाइटेङ्गल "को जिवनी संग आधारित वृत्तचित्रमा पनि अभिनय गरेको यी अभिनेत्रीको कथन रहेको छ।

दुई बर्ष यताबाट दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेपछि बल्ल नायिकाको रुपमा अभिनय गर्ने मौका पाए ।अहिले मैले नायिकाको रुपमा काम गरेको अर्को नयाँ चलचित्र    ´तुवाँलो `पनि  प्रदर्सनिको लागी त्यार भएको छ।दुई साता अघि बुटवलमा विशेष प्रदर्शनी गरेको तुवाँलो पनि
चाडैं रिलिज हुने आरियाको दाबी रहेको छ।:-रासस

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu