थारुकाे इतिहास ,पहिचान र विकास (पढेर सेयर गर्नुहोस्)

Saturday, 24 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

(Re-post)
लेखक :-ऋषिकेश थन्दार,,
थारुकाे पहिचान र विकास,,
थारुहरु नेपालमा प्राचीनकाल देखि तराई भुभागमा बसाेबास गरि अाएकाे समुदाय हुन। यिनिहरुकाे अाफनै भेस भुसा रहनसहन रितरिवाज,समाजीक संस्कार ,चाड पर्व माैलिक र संस्कृति बाेबेका हुनछन।यिनीहरु पुर्व मेची दैखी महाकाली सम्म बसि अाएकाले भुमि पुत्रका रुपमा नेपलमा पहिचनकाे रुमा प्रतिबिम्बित छन।भेस भुसा र भाषामा अाँङसिक फरक भएपनि मुल अंश र बंश एउटै हुन।धर्मको दृष्टिकोण बाट हिन्दु धर्म अंगिकार गरेकाे पाईन्छ ।

पु्र्वमा काेचिला मश्चिममा सप्तरीया क्रमश डङगाेरीया र राणा थरु भनेर चिन्हिन्छ।यिनिहरु सत्य मा बिश्वास गर्नाले सा्ेझा साझा र ईमानदार र कार्यगत रुपा मेहनती सरल जिवनशैली हुन्छ ।मख्य ब्यवसाय कृषि हाे। बिकास समान्य रुपमा बझ्दा भाैतिक साधन र संरचना काे रुप परिवर्तनलाई बुझने गर्छाैं ।जस्मा हामीले परिवर्तनको स्वरूप बाट सुख सुबिधा उपभाेग गर्छाैं । बाटो घाटाे ,स्कुल कलेज पुल ,बिधुत,संचार ,यातायात. खानेपानी धारा।ब्यापार र ब्यवसाय ईत्यादी लाई बुझाईमा लिएका छाै। अार्काे पक्षकाे बिकास भनेकाे मानवीय बिकास जसमा जन्म देखि मृत्युु र भावि पिढि सम्मका नैसर्गिक अधिकार बाट सु समपन्न हुनु हाे। जुनकुरा देशकाे मुल कानुनमा प्रष्ट संग उल्लेख र निर्देशित हाेस। जस्लाई संविधान भन्छाेै यस्मा हरेक जनाताकाे माैलिक अधिकार र राज्यद्वरा निर्देशित राजनीतिक अधिकार हरु अक्षर अक्षर ब्यवहार मा लागू गर्ने उल्लेख गरेकाेहुन्छ।जब यी मनवयी हक अधिकर हरु हुबहु लागू हन्छ तब बिकस काे वास्तविक अनुभुती हुनेछ ।वास्तविक बिकास भनेकाे यही हाे। थारुहरु कहाँ नीर अधिकार समन्नहुन बाट बन्चित भए।हरेक राजनीतिक , समाजिक परिवर्तनकाे काल खण्डमा परिवर्तनकारी याेद्वाहरुलाई तन मन धननैतिक एवं भाैतिक तवरले जिउ ज्यानको बाजि लगाएर सहयाेग गरेकाे ईतिहास साक्षि छ ।

२००७सालमा राणा बिरुद्वकाे क्रन्तिमा, पंचायतकाे बिरुद्धमा २०४६काे संयुक्त जनअन्दाेलनमा र २०६२/६३मा राजतन्त्रको अन्तकाे बिरुद्ध मा संघर्ष गरेकाे ईतिहस ले बाेल्छ। थारुहरु २००७ साल पु्र्व राणाशासन कालमा र प्रजातन्त्र स्थापना पश्चात् २०२०साल समम् पुर्णरुप सुसम्मपन्न थिए। यसै कालखणडकाे बिच्चममा नेपालममा बिकाश काे नाममा धेरै राजनीतिक समाजिक अार्थिक उथलपुथल नकारात्मक ढङबाट परिवर्तन भयाे।बिशेष गरेर थारुहरुकाे लागी बिनाशकारी बज्रपात अस्त्रबज्रियाे।खासगरी थारुकाे जग्गा जमिनमा बिनासकारी भुकम्प काे कम्पन अायाे। त्याे भनेकाे भुमी सुधार अायाेग बनाई त्यस अायाेग लाई पुर्णता दिन भुमी सम्धन्धि ऐन २०२१काे कानुन लागुु गरेर खहरे खाेला जस्तै ५०/१००बिगाह जग्गा टुक्रा टुक्रा परेर सरकारकले हदबन्दी काे दायरा भित्र पार्याे। अर्काेतिर सरकारले हदबन्दी काे कानुनकाे दायरा भित्र न पर्ने गरि अाैधाेगीक कानुन पारीत गरी १०० याै बिगाह जमिन त्यतिबेला टठा बाठा र शासक वर्गहरु हदबन्दी बाट बन्चित हुन सबै जग्गा हरु अाैधाेगीक ऐनकाे दायरमा ल्याउन सफल भयाे।कानुनकाे बन्दुक थारुहरुकाे छातिमा तेर्साएर जग्गा हरु खाेसेर सुकुमबासी बनायाे। २०४७ सालकाे संबिधानकाे अधिनमा रहि अादीबासी तथा जनजाति ऐनपरीत गरि २९जनजाति काे सुचीमा सिमित खायाे।

महगाे शिक्षाको क्षेत्रमा उच्चस्तरीय प्राबिधिक शिक्षामा कुनै किसिमको पुर्ण वा अाङसिक रुपमा छात्रवृत्तिकाे पनि सुबिधा दिन सकेन।अाजकाे २१साै शताब्दीमा मा एउटा डाक्टर , ईन्जिनियर वा अन्य प्राबिधिक शिक्षाको काे लागि कराेड खर्च गर्नु पर्छ। जुन साधारण जनताकाे रअवकात भन्दा बाहिरकाे बिषय बस्तु हुन गएकाे छ। अाैषधि उपचारको क्रममा खासमा अापतकालिन उपचार गर्दा बिमाकाे ब्यवस्थापन हुनु सरकार काे ब्यबसथा गरि दिन जरुरी छ। २०६२/६३काे परिवर्तन पछि २०७२ मा संघीय लाेकतान्त्रिक गणतन्त्रको संविधानमा सिमानकन र पहिचानको मुख्य मुद्दा भएको छ।कार्यन्वयनकाे संदर्भमा थारु तथा मुस्लिम अायाेग बनाएर संसदबाट परित गर्याे। थारुहरुकाे मुख्य मुद्दाको गति लाई सिथिल बनायाे।अायाेग मार्फत राज्यका सबै अङ्गमा समावेशी ,समानुपातिक प्रकृयाबाट संबिधनकाे मुख्य मुद्दामा पुर्ति गराउन खाेजदैछ। यसरी पहिचान काे मुल मर्म देशकाे मुल कानुन मा दर्ज हुनु पर्छ। जब सम्म संविधान मा दर्ज नगरी अनुसुचिमा अनुसुचित हुदैन तब सम्म संविधान ले पुर्णता पाउदै।अाधा गिलास पानी सरहनै हुनेछ । समावेशी सहभागी समानुपातिक गराउनु भनेकाे संविधान भित्र काे एउटा प्रक्रिया मात्र हाे। पहिचानको मुल मर्म संबिधानकाे अनुसुचिमा दर्ज गर्नु भनेकाे अाफनाे घरमा एउटा काेठा काे मालिक र अपनत्व काे पुर्ण अधिकारी हुन।यसकाे जगमा टेकेर हरेक क्षेत्रमा बिकास गर्न सुनिश्चित अवसर पाउछ। यस्लाई पहिचन र वास्तविक बिकाश भन्न सकिन्छ ।यसमा मात्र सबैकाे हित हुनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu