थारु गितमा म्युजिक भिडियोको संख्या दिनानुदिन बढ्दै

Saturday, 24 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

दुर्गालाल केसी,,
काठमाडौ :=झिमझिम गर्ने परेलीमा कालो–कालो गाजलजता हेर्छु तिम्लाई देख्छु भएँ म त पागलचौतारी शीतलु पीपल छायालेझनै मलाई शीतलु तिम्रै मायालेशालिकराम चौधरी र टीका पुनको स्वर रहेको उक्त गीतमा थारू समुदायकै रवि चौधरी र अस्मिता चौधरीले अभिनय गरेर भिडियो बनाइएको छ। उक्त भिडियो युट्युबमा अपलोड गरेपछि थारू गीतमा रुचि हुनेलाई सजिलो भएको छ। यसमा थारू र नेपाली भाषीको संस्कृतिलाई रिमिक्स गरिएको छ।

थारू गीतहरू मेलापर्वमा मात्रै सीमित हुन थालेपछि भिडियो बनाउनुपरेको थारू कलाकार संघका अध्यक्ष शालिकराम चौधरीले बताए। कुनै बेला चाडपर्वमा सीमित रहेको थारू गीतहरूमा अहिले धमाधम भिडियो बन्न थालेका छन्। कतिपय थारू भाषाकै गीत छन् भने कति नेपाली भाषामा रिमिक्स गरिएका छन्। निकै चर्चित साली हो वरको छायाले, निद लाग्दैन भोक लाग्दैन तिम्रो मायाले मा पनि म्युजिक भिडियो बनेको छ। शालिकराम र निशा केसीको स्वरमा रेकर्ड गरिएको वर्षौं बितेपछि रिमिक्स गरेर म्युजिक भिडियो तयार पारिएको हो।‘आवाजमा मात्रै गाएका गीतले बजार पाउन सकेनन्। त्यसैले थारू गीतहरू ओझेलमा पर्न थाले,’ शालिकरामले भने, ‘म्युजिक भिडियो बनाएपछि यसले व्यापकता पायो। जहाँ रहे पनि हेर्न र सुन्न सकिने भयो।’ थारू समुदायमा गाइने तर नेपाली भाषामै रहेका गीतहरूमा बढी भिडियो बनेका छन्।

‘समयअनुसार थारू लयलाई नेपाली भाषामा पनि गाउनुपर्ने भएको छ,’ गीतकार/गायक लक्ष्मीमान चौधरीले भने, ‘थारू भाषा नबुझ्नेले पनि थारू संस्कृति बुझ्न सकुन् भनेर नेपाली भाषामा गाइएको हो। त्यसैले म्युजिक भिडियो बनाउँदा दर्शक बढेका छन्।’ थारू भाषाकै केही गीतमा पनि म्युजिक भिडियो बनेका छन्। थारू वेशभूषा र थारू संस्कृति नै झल्किने गरी दृश्य छायांकन गरिएको गायक रोशन रत्गैयाले बताए।मरना ट मरनु मै बराबरा मुरघाखाइबेर ट नुन मिर्चक चटनीसुशील चौधरीको रचना रहेको यस गीतमा रोशन रत्गैया र समीक्षा चौधरीले स्वर दिएर भिडियो बनाएर युट्यबमा हालै अपलोड गरिएको छ। ‘ठूला ठूला कुखुरा मारेर मालिकहरूलाई खुवाउने तर आफू भने नुन खुर्सानीको चटनी खानुपर्ने बाध्यतालाई यो गीतमा प्रस्तुत गरिएको छ,’ कम्लरी प्रथालाई देखाउन खोजिएको गीतबारे गायक रोशनले भने।

रोशन र समीक्षा चौधरीको ‘ठुन्यार, ठुन्यार, ठुन्यार–बठिनिया काल जुगके’ को म्युजिक भिडयो तयार पार्ने क्रममा छायांकन गरिएको छ। थारू गीतका म्युजिक भिडियोहरूमा थारू कलाकारकै वर्चस्व रहेको छ। ‘श्रोता, दर्शकहरूको माग भिडियोमा भएकाले थारू गीतमा म्युजिक भिडियो बन्ने क्रम बढ्दो छ,’ गायक रत्गैयाले भने।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu