चन्द्रनिगाहपुर :=“सानै उमेर देखि साँस्क्रितिक कार्यक्रममा भाग लिंदै आएका प्रमोद कुमार सहनी भोजपुरीको चर्चित गायक प्रमोद पिया बन्न सफल भए”।स्कुलमा पढिरहेका बेला कक्षा दुई देखि नै विभिन्न साँस्क्रितिक कार्यक्रममा भाग लिई विभिन्न पुरस्कारबाट पुरस्कृत भएका प्रमोद पिया चन्द्रनिगाहपुरमा स्थित श्री जन ज्योती उच्च मा.वि.मा भएका गित प्रतियोगितामा प्रथम स्थान प्राप्त गरे त्यही प्रथम स्थान तथा दर्शकहरु बाट पाएका हौसला उत्साह बाट उत्साहित भईपिया ले साँगितिक क्षेत्रमा प्रवेस गरे।
आफ्नो गाउने क्रमलाई अगाडि बढाउदै म्युजिक कम्पनीको ढोकामा पुगे धेरै म्युजिक कम्पनीको ढोका खट्खटाए तर कसैले वास्ता गरेन ।पिया धेरै निरास भए तर हिम्मत हारेनन पछि गएर पटनाको एउटा म्युजिक कम्पनीले एलबम रिलिज गर्यो त्यो एलबम तर बढी चलेन । पिया हिम्मत नहारी आफ्नो गाउने क्रम जारी राखे । पियाको जीवनमा यस्ता धेरै समस्या आएका छन ! । उनी यो साँगितिक क्षेत्रमा धेरै दुःख भोगेका छन।पियाको जीवनमा कुनै कुनै यस्तो दिन हुन्थ्यो जुन दिन खान न पाइ भोकै पेट पानी खाएर सुत्नुपर्थ्यो । तर पनि हिम्मत नहारेकाप्रमोद पिया आज सफलताको परिचय बनेका छन् ! पियालाई डाक्टर बनाई समाज सेवामा लगाउने भनी पियाका आमाबुबाका सपना थियो तर पियाको रुचि चाहिंसांगितिक क्षेत्रमा थियो पियाको डाक्टर बन्ने छाहना थिएन । यस भन्दा पहिला पियाको हजुरबुबाको को पुरै जीवन संगीतमा नै बितेको थियो पियाको हजुरबुबाले साँगीतिक क्षेत्रमा धेरै सम्पति गुमाउनुभएका थिए त्यही भएर उनका आमाबुबाले चाहनु भईरहेका थिएन कि यही घटना फेरि छोरा संग दोहोरियोस् ।तापनि मिठु मार्केन र मंजित सरको सहयोगले भोजपुरीजगतको चर्चित म्युजिक कम्पनी माँ जानकी सिरीज दिल्लीमा पुगे । दिल्लीमा पियालाई भारतीयहरुले नेपाली भनेर धेरैले हेपेका थिए धेरै यातना र कष्ट दिएका थिए ! त्यहा बाट एलबम रिलिज गराउन थाले ! पियाले बोलबम, देवीगीत, छठ, होली,चईता तथा लोकगीत जस्ता विभिन्न गीत गएका छन् जस मध्ये दुई वटा एलबमनिकै नै चलेको थियो ।
नेपालमा महाभुकम्प आएको बेला नेपाली जनताहरुको रुवाबासी तथा दयनिय अवस्था हेरी भगवान पशुपतिनाथसँग प्रार्थना गर्दैगाएको एलबम “दहशत मे नेपाल” निकै नै चल्यो ।त्यसपछि अर्को रुपमा भएको मधेश आन्दोलनमा मधेशी जनताहरुलाई बनाउनका लागी नेपाल कै लेखक मन्जित सरतथा दिपेन्द्र सहनी द्वारा लिखित एलबम “गाड देम मधेश के झन्डा” सुपर डुपर हिट भयो । यस एलबम मा मात्र दुईटै गीत छ तर दुबै सुपर(डुपर हिट छन् । ३ गितस् १) लडाई अब कि जम को होइ – (दिपेन्द्र सहनी २) सुन ल सभे पुकार ए भाई – (मन्जित सर) यसका साथै लेखक रंजित राही द्वारा लिखित एलबम “डि.जे वाली छमियाको” गित “गाडी पडोसी से लड जाई हो” पनि सुपर हिट भयो ! पियाले सन २०११ मा श्री गढीमाई फिल्म प्रोडक्सन प्रा.लि.मा २००० मध्ये ७ राउन्ड पास गरेका थिए भने सन २०१५ मा रौतहट जिल्लामा भएको मधेस आन्दोलन कम्पीटिसनमा दोस्रो स्थान ल्याएका थिए ।
