जेलमा अनशनरत रेशम चौधरी बेहोस/यस् बिषयमा राज्य संबेदनसिल हुनु पर्ने:-मानव अधिकार आयोग धनगढी

Friday, 9 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी/लोकान्तर ,,
कैलाली :=फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशनरत रेशम चौधरीलगायत थुनुवाहरू अस्पताल भर्ना भएका छन् ।
तीनबुँदे माग राखी अनशनरत उनीहरूको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । रेशम चौधरी र विश्राम चौधरी अस्पतालमा उपचारत रहेको अस्पताल स्रोतले जानकारी दियो ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टका अनुसार अनशनरत रेशम चौधरी, विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।
आज पनि मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको टोली कारागार पुगेको थियो । आयोग धनगढीका दीपक ध्वजजंग कार्कीले मान्छेको बाँच्न पाउने अधिकार नैसर्गिक अधिकार भएकोले राज्य संवेदनशील हुनुपर्ने बताए । उनीहरूको मागबारे राज्यले सुनुवाई गर्नुपर्ने पनि उनको भनाइ थियो ।

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu