गीता चौधरी,,
काठमाडौं:= नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।फोनिज काठमाडौंको पाँचौं अधिवेशनले शुक्रबार सो कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट २३ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन हुनुभयो । फोनिज केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशन २३ र २४ गते काठमाडौंमा हुन गइरहेको छ ।कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः पूर्ण दुवाल, रोजिना लामा, लक्ष्मी चौधरी र निशा तामाङ चयन हुनु भयो । त्यस्तै आठजना सदस्यमा क्रमशः रुक्साना कपाली, नुनुता राई, रितेन महर्जन, राम मगर, सम्पदा लिम्बु, रिमा लामा, श्यामहरि नापित र ममिता थामी चयन हुनुभयो ।

त्यस्तै, केन्द्रीय अधिवेशन प्रतिनिधिमा लक्की चौधरी, जुली गुरुङ, मिलन लिम्बु, रुवी श्रेष्ठ, मिरा राजभण्डारी अमात्य, दिपेन्द्र गुरुङ, लाला गुरुङसहित २३ जना सर्वसम्मत चयन हुनुभयो । सोहीअनुसार तीनजनालाई अधिवेशनले प्रदेश पार्सद चयन गरेको छ ।अधिवेशनको उद्घाटन फोनिज केन्द्रीय सदस्य डण्ड गुरुङले गर्नुभयो । उद्घाटनसत्रमा फोनिजका पूर्व अध्यक्ष खिम घले, वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा, पत्रकार महासंघका पूर्व महासचिव उजीर मगर, फोनिजका महासचिव गजुरधन राई, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सन्तराम विडारी, ललितपुरका उपाध्यक्ष सिर्जना तिम्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा केन्द्रीय अध्यक्ष गुरुङले प्रेस स्वतन्त्रता र नेपाली मिडियामा समावेशीताको नारा नै प्रमुख रहेको बताउनुभयो । आदिबासी जनजातिको अधिकारको वकालत गर्ने उद्देश्यले गठन भएको फोनिजले आगामी दिनमा मिडियालाई समावेशी बनाउनमा पनि निर्णायक भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा वक्ताहरुले यूरोपिन युनियनको पछिल्लो प्रतिवेदन आदिबासी जनजातिको अधिकारका निम्ति आएकाले त्यसको स्वागत गर्नुभयो । राज्यको हरेक संयन्त्रलाई समावेशीताका हिसावले सन्तुलित बनाउन आवश्यक रहकाले इयूले दिएको प्रतिवेदन सकारात्मक रहेको वक्ताहरुले बताउनुभयो ।नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय अध्यक्ष गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । कार्यक्रम काठमाडौं शाखाका अध्यक्ष मिरा आमात्य राजभण्डारीको सभापतित्वमा भएको थियो ।