थारु समुदायको उत्पत्ति, थारु शब्दावली र उदगमस्थलकाबारेमा इतिहासकारबीच मतैक्य छैन । ‘था’ मा ‘रु’ प्रत्यय लगाउँदा ‘थारु’ बन्छ । त्यसको अर्थ ‘रुक्नेवाला’ हुन्छ । आदिमकालमा सबै मानिस घुमन्ते युगमा थिए । यताउता घुमेर, फिरेर खानाहरु बटुल्थे । अहिलेकोजस्तो खेतीपाती थिएन । थारुहरु नेपालमै रहेको लाखौं वर्षको इतिहास छ । अर्थात् थारुहरु आदिमकालदेखि नेपालको तराई भूभागमा जंगल फाँडेर बसे । उत्तरको पहाड उक्लेनन् । दक्षिणको भारतीय भूमिलाई पनि स्थायी बसोबास बनाएनन् । यद्यपि भारतको राजस्थानदेखि पूर्व गंगाको मैदानसम्मको भूभागमा थारु समुदायले बसोबास गरेको इतिहास भेटिन्छ । अद्यापि थारुको बसोबास भारतका केही स्थानमा छ । प्राचीन समयमा थारु समुदायको आफ्नै जातीय स्वायत्त शासन थियो । गणतन्त्रात्मक अभ्यास गरेका थिए । जसलाई थारुले ‘जनपद’ भन्थे । २०६५ जेठ १५ को संसद पहिलो बैठकले निर्णय गरेपछि सोपछि गणतन्त्रात्मक अभ्यासको शुरुवात् भयो । प्राचीनकालमा पूर्वीक्षेत्रमा मोरङको कदमाहा, सप्तरीको बरमझिया, रौतहट, वुटवल, दाङजस्ता ठाउँमा गणतन्त्रात्मक शासन प्रणालीको थारुले अभ्यास गरेको मानिन्छ । अहिले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्मको समथर तराईमा थारुको बसोबास छ । ०६८ को जनगणनाअनुसार थारु समुदायको जनसंख्या १७ लाख ३७ हजार ४७० छ ।
तन्त्रमन्त्रः-
थारु समुदायमा तन्त्रमन्त्रको विश्वास अद्यापि छ । त्यसको प्रयोगलाई झारफुक, गुन, गुरैपाटी भन्ने गरिन्छ । मानवको शुरुवातीकालताका औषधि, उपचार, अस्पताल, चिकित्सक केही थिएन । गाउँकै वैद्य, गुरुवाहरु तन्त्रमन्त्रको सहायताले गाउँलेलाई आइपर्ने आकिस्मक समस्याको समाधान गर्थे । अर्को शब्दमा तन्त्रकै माध्यमबाट विरामीको उपचार गर्थे । थारु समाजमा बोक्सी, गुरुवा, टुनामुना, वनदेवी मसान, भूतप्रेत आदिको डर सधैं रहनेगर्छ । त्यो डरलाई गुरुवा (तन्त्रजान्ने मान्छे) ले मात्र भगाउने आँटगर्छ । अर्थात् गाउँलेलाई आइपर्ने यस्ता खतराको रक्षक गुरुवामात्र हुन्छ । त्यसरी गाउँघरमा गुरुवाको भरपर्ने वातावरण बन्दैआएको हो । धानमा रोग लागे गुरुवालाई देखाउने, मान्छेलाई सर्प विच्छीले टोकेमा गुरुवा वैद्यकै सहारा लिने, गाउँमा महामारी चलेमा गुरुवाकै सहारा, मान्छे विरामी हुँदा गुरुवाकै भर । घाउ खतिरादेखि, हड्डी भाँचेमा, आगोले पोल्दा सबै उपचार गुरुवाकै झारफुक र वैद्यको जडिबुटीको औषधिले निको पार्ने गाउँघरको प्रचलन उहिल्यैदेखिको हो । कोही झारफुकबाट निको हुन्थे, कोही आकालमा ज्यान गुमाउँथे । उहिले अस्पताल, चिकित्सक, औषधि केही नहुँदा गुरुवाको सहारा लिनु बाध्यात्मक अवस्था थियो । तर अहिले यी सबै चिजको उत्पादन र व्यवस्था भैसक्दासमेत गुरुवाप्रति समाजमा मानिसको विश्वास कायमै रहनु समाज अझै अन्धकालिन अवस्थाले जकडिएको हो कि ! लाग्छ । तुलनात्मकरुपमा चेतनास्तर बढेको होला, तर घोडाघोडी नगरपालिका ५, देवकलियामा राधा चौधरीलाई बोक्सीको आरोपमा स्थानीय गुरुवा रामबहादुर चौधरीले फागुन २४ मा गरेको दूव्र्यवहार र कुटपिटले समाजको चित्र उजागर गरिदिएको छ । सबैलाई घोट्लिन बाध्य बनाइदिएको छ ।

अपरिचित भएर पनि (सोबारे ज्ञान नहुँदा पनि) कुनै चिज या वस्तुमा अधिक विश्वास गर्नु अन्धविश्वास हो । अर्थात् आदिमकालदेखि पुस्तान्तरण हुँदैआएको एउटा विश्वास नै हो अन्धविश्वास । जसको बारेमा मान्छेलाई चेतना नहुँदा नहुँदै मान्न बाध्य छ । थारुगाउँमा एउटा जवर्जस्त विश्वास छ, मान्छे मरेपछि बाहिर जलाउँदा या जमिनमा गाड्दा पनि उसको आत्मा प्रेतकोरुपमा फर्केर आउँछ । त्यसले अनावश्यक कष्ट दिन्छ । त्यसलाई रोक्न र खुशीपार्न गुरुवाकै पूजापाठ, तन्त्रमन्त्र चाहिन्छ । घरका सदस्यलाई दुःख दिनबाट बचाउन गुरुवालेमात्र सक्छ । अर्थात् गुरुवासँग त्यो दिव्यज्ञान छ, जसले प्रेतआत्मालाई खुशी बनाएर घरका सदस्यलाई सुरक्षित राख्न सक्छ । उसो त थारु समाजमा मात्र होइन, गुरुवा, झारफुँक, धामी झाँक्रीप्रतिको विश्वास नेपाली समाजको गाउँघरमा विद्यमान छ । विरालोले बाटो काट्दा डराउनु, काग कराउँदा, स्याल या कुकुर रुँदा अशुभ हुन्छ मान्नु, पुरुषको वायाँ र महिलाको दायाँ शरीरको कुनै अङ्ग फरफराउँदा अशुभ हुन्छ भन्नु । यी अन्धविश्वास पढालिखा शिक्षित समाजमा पनि अद्यापि छ ।
यात्रा गर्नेक्रममा कसैले हाँछ्यू गर्दा, तेलीको दर्शन पाउँदा, रित्तो गाग्रो देख्दा पनि अशुभ मान्ने प्रचलन छ। यात्रामा हिड्दा सगुनकोरुपमा दही खानु, माछा हेरेर यात्रा थाल्नु, भरिएको कलश हेर्नु, बाहिर हिड्न वा किनमेलमा निस्कदा बच्चाको अनुहारमा कालो टिको लगाएर बाहिर हिड्नु, आदि अन्धविश्वास पढालिखा समाजमा घर जमाएर बसेको छ ।
राजनीतिः-
नेपालको राजनीतिमा थारु समुदायको प्रतिनिधित्व ओरालोतिर छ । यसअघि ०६४ सालको संविधानसभा निर्वाचनमा ४२ जना थारु सांसद थिए । ०७० को दोस्रो संविधानसभामा ३७ जनामा झरे । २०७४ को निर्वाचनबाट प्रतिनिधिसभामा १० जना प्रत्यक्ष, समानुपातिकमा ७ जना निर्वाचित भए । प्रदेश सभामा १७ जना थारु सांसदमा निर्वाचित भए । जसमा १३ जना समानुपातिकबाट आए । राष्ट्रियसभा सदस्यमा कैलालीका हरिराम चौधरी मात्र १ जना सदस्य गरी कुल ३८ जना थारु सांसद अहिले छन् । तर गुणात्मक संख्या निकै न्यून छ ।

त्यस्तै, केन्द्रीय सरकारमा माओवादी केन्द्रकी रामकुमारी चौधरी कृषि राज्यमन्त्रीबाहेक अन्य कुनै थारुको मन्त्रीपरिषदमा प्रतिनिधित्व छैन । तर प्रदेश सरकारतर्फ दुईजना थारुमन्त्री छन् । त्यस्तै, एकजना प्रदेशसभाको उपसभामुख छन् । प्रदेश ५ को भौतिक पूर्वाधारमन्त्रीमा एमालेका वैजनाथ चौधरी, प्रदेश ७ तर्फ भूमि व्यवस्था र कृषिमन्त्रीमा माओवादी केन्द्रकी विनिता चौधरी मन्त्री छिन् । त्यस्तै, प्रदेश ५ को प्रदेशस उपसभामुखमा एमालेकी कृष्णि थारु (वर्दिया) छिन् ।
थारु राजनीतिको उदगमस्थल कैलालीलाई मानिन्छ । जहाँबाट थारु हक अधिकारको आवाज उठ्ने गर्छ । कैलाली थारु समुदायको सबैभन्दा वढी जनसंख्या भएको जिल्ला पनि हो । जहाँ थारुकोमात्र जनसंख्या ३ लाख २२ हजार १२० छ । कैलालीको कुल जनसंख्या ७ लाख ७५ हजार ७०९ छ । त्यस्तै, अन्धविश्वासमा सबैभन्द वढी रुमलिएको जिल्ला कैलाली नै हो । जहाँ राधा चौधरीजस्ता चेलीहरु बोक्सीको आरोपमा निर्घाट कुटिन्छन् ।
२०७२ भाद्र ७ गते कैलालीको टीकापुरमा ठूलो घटना घट्यो । जहाँ सातजना सुरक्षाकर्मी र एकजना नाबालकको अनाहकमा ज्यान गयो । सोही घटना हो, थारुप्रति गैरथारुको विश्वासलाई ह्वात्तै घटाइदियो । सोअघि थारुप्रति गैरथारुको सदभाव र विश्वास कायम थियो । सो घटनापछि अहिले थारुहरु अरुको नजरमा एक कदम घटुवामा परेका छन् । अहिले पनि सो घटनामा संलग्न भएको आरोपमा २५ जना राजबन्दी जीवन व्यतित गरिरहेका छन् । ५० बढीमा स्थानीय प्रशासनले ज्यानमाराको मुद्दा लगाई पक्राउपूर्जी काटेको छ ।
पछिल्लो निर्वाचनमा कुनै थारु दलले राष्ट्रिय र क्षेत्रीय दलको मान्यता पाएन । रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) एक्लै निर्वाचनमा होमियो । भानुराम थारु नेतृत्वको समूहले विजयकुमार गच्छदारले छाडेको फोरम लोकतान्त्रिकलाई व्यूँताउनेगरी निर्वाचनमा होमियो । तर जनताले विश्वास गरेनन् । गच्छदारले असोज ३० गते आफ्नो दल कांग्रेसमा विलिन गराए । गच्छदारको दल र भनुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच २०७४ वैशाख ७ गते एकीकरण भएको थियो । तर गच्छदार कांग्रेसमा विलिन भएपछि भानुरामको समूह असन्तुष्ट भयो । तिनको समूह कांग्रेस नगएर पुरानै दल व्यूँताउने कसरतमा लाग्यो ।
राजबन्दीको अनसन:-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७४ जेठ ४ गते टीकापुर घटना र मधेस आन्दोलनकाक्रममा लगाइएको झुठामुद्दा फिर्तालिने निर्णय गरेको थियो । तर कार्यान्वयनमा आएन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि मुद्दा फिर्ता लिने आश्वासन दिएको थियो । कार्यान्वयन गरेन । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सोही आश्वासन दिइरहेको छ । तर त्यसको चौतर्फी विरोध देखिएको छ । मिडियाबाटै सबैभन्दा वढी विरोध छ । मिडियाको दवावमा ओली सरकारले सो काम गर्ला भन्ने विश्वास लाग्दैन । टीकापुर घटनापछि सरकारले घटनाको सत्यतथ्य छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गरेको थियो । सो आयोगले प्रतिवेदन बुझायो, तर सार्वजनिक भएन । त्यस्तै, अनुसन्धानका पूर्व प्रमुख देवीलाल शर्माको संयोजकत्वमा अर्को छानविन समिति गठन गरिएको थियो । सो समितिले पनि प्रतिवेदन सरकारलाई बुझायो, तर सार्वजनिक भएन ।

टीकापुर घटनामा आरोपित २५ जना थारु कैलाली कारागारमा पूर्पक्षकालागि थुनामा छन् । तर दोसी भए नभएको प्रमाणित छैन । आशंकामै पूर्पक्षकालागि थुनामा राखिएका छन् । घटनापछि फरार टीकापुरका रेशम चौधरी दुई वर्षसम्म निर्वासित जीवन विताए । उनी फागुन १४ मा कैलाली अदालतसामु आत्मसमर्पण गरे । निर्वासित अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतकासाथ निर्वाचित भए । तर निर्वाचन आयोगले अहिलेसम्म उनलाई निर्वाचित प्रमाणपत्र दिएको छैन । सोही प्रमाणपत्र, झुठामुद्दा खारेजी र पद तथा गोपनीयताको शपथको मागगर्दै कैलाली कारागारका राजबन्दीले फागुन २० गतेदेखि २८ गतेसम्म अनसन बसे । माग पूरा गराउने आश्वासन दिएपछि राजबन्दीले अनसन तोडे । अनसनकैक्रममा रेशम चौधरीको स्वास्थ्यअवस्था विग्रेपछि उनलाई थप उपचारकालागि फागुन २६ गते वीरअस्पतालमा भर्ना गरिएको थियो । अति सघनकक्षमा उपचाररत रहेकैबेला उनले चैत २ गते सम्म अनसन बसे । गृहमन्त्री रामबहादुर थापाले माग पूरा गराउनेभन्दै रेशमलाई जुस खुवाएर अनसन तोडाएका थिए ।
मेयरमाथि आक्रमणः-
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीमाथि फागुन २८ गते गोली र खुकुरी प्रहार भयो । सुख्खडबजारस्थित घरमै घुसेर उनीमाथि अज्ञातसमूहले आक्रमण गरेको थियो । उनी घाइते भए । उनको उपचार टीचिङ अस्पताल काठमाडौंमा जारी छ । कैलालीको राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई मेयर चौधरीले जोगाउन खोजेको आरोपमा उनीमाथि आक्रमण भएको आशंका गरिएको थियो । तर पछि प्रहरीको अनुसन्धानबाट चन्दा नदिएपछि आक्रमण गरेको कुरा बाहिर आयो । आक्रमणको आरोपमा विप्लब माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुमाथि प्रहरीले छानविन गरिरहेको छ । तर मेयर ममता चौधरीले आफूमाथि अज्ञात समूहले आक्रमण गरेकाले आफूले कसैलाई नचिनेको दावी मिडियामार्फत गर्दैआएका छन् । आफूले कसैको नाममा किटानी जाहेरी समेत नदिएको उनको भनाई छ । उनको सो भनाईले प्रहरीको व्यवहारमै प्रश्नचिन्ह खडा गरिदिएको छ ।

लेखक:=पत्रकार लक्की चौधरी हुन