सहकर्मी ,,
नूर आलम बादशाह,
बारा:=तराई मधेसबासीको लोक आस्थाको पर्वका रूपमा रहेको चैती छठको पर्व बाराको सिम्रौनगढ़मा पनि शुक्रवार अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिएर मनाएका छ्न।चार दिन सम्म मनाइँने चैती छठ पर्व आज शनिवार उदाउँदै गरेको सुर्यलाई अध्र्य दिए पश्चात सम्पन्न हुँने छन । छठ पर्वको पहिलो दिन बुधवार नुहाई धुवाई गरी चोखो भएर मिठा परिकारहरु खाने तथा दोस्रो दिन विहिवार राती रसिआव रोटी खाई तेस्रो दिन अस्ताउँदै गरेको सुर्यलाई अध्र्य दिईएको हो ।
आज शनिवार बिहान भने उदाउँदै गरेको सुर्यलाई अध्र्य दिएर यो पर्व समापन हुने छ ।सत्य र अहिंसा प्रति सहानु भुति राख्न अभिप्रेरित गर्ने तराई मधेसबासीको चार्ड छठ सबै जातजाती , भाषा भाषीले साझा रुपमा मनाउँने गर्छन् । सुर्य उपहासना परम्पराको मोहक पद्दत्ति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सुर्यलाई अध्र्य दिने गरिन्छ ।
सुख, शान्ति, समृद्धि, पुत्र प्राप्ति तथा मनोकमना पुर्तिका लागि गर्ने गरिएको यस चैती छठपर्व सिम्रौनगढ़को कंकाली मंदिर नजिक रहेको छठघाटमा सिम्रौनगढ़, इटवाल, अमरपुर, जानकीनगर, झवानी, सलेमपुर, अमृतगंज लगायतका ठाउँबाट आएका भक्तजनहरु चैती छठ पर्व धुमधामका साथ मनाई रहेका हुँन् । यस्तै बाराको कचोरवा, टेटा, चिउटाहा, कोतवाली, जमुनिया, कुड़वा, लंगड़ा चौक, पिपरपाती लगायतका भक्तजनहरु धुमधामका साथ चैती छठ पर्व मनाई रहेका हुँन् ।