बाराको चिउटाहामा गरिबहरुलाई झूल बितरण

Saturday, 24 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
नूर आलम बादशाह,,
बारा:=विलिवर्स ईस्टर्न चर्च चिउटाहा बाराले हिजो  शुक्रवार ९० गरीब परिवारलाई झूल बितरण गरेको छ । आदर्श कोतवाल गाउँपालिकाको वडा न १चिउटाहामा करिब ३० हजार बराबरकाे झूल बाडेकाे चर्चका क्षेत्रीय पास्टर सियाराम कुशवाहाले बताउनु भयाे ।

आदर्श कोतवाल गाउँपालिका वडा १ का अध्यक्ष राजेंद्र पटेलको प्रमुख अथित्वमा सम्पन्न कार्यक्रमका बिच झूल बितरण गरिएको हो ।
कार्यक्रममा जिल्ला पास्टर महेंद्र चौधरी, शिक्षक रामचंद्र कुशवाहा, लाल बहादुर साह, चंदेश्वर साह, गजेंद्र कुशवाहा, कन्हाई साह, रेडियो बादलका प्रबंध निर्देशक नूर आलम बादशाह लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu