रेशम चौधरीको रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन

Friday, 9 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कैलाली:=कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन्। 

प्रदर्शनकारीहरुले रेशम चौधरीलगायत थारु कैदीहरुको रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। बुधबारै थरुहट/थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले पनि पत्रकार सम्मेलन गर्दै रेशम चौधरीसहित टीकापुर घटनाका अभियुक्तहरुलाई रिहाई गर्न माग गरेको थियो।

रेशम चौधरीलाई सपथ गराउनुपर्ने मागसहित २४ जना कैदीहरु कैलाली कारागासमै विगत पाँच  दिनदेखि अन्सन बसेका छन्। उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि स्वास्थ्य उपचारसमेत गराइएको थियो।
बुधबारै मानव अधिकार आयोगले अन्सनकारीसँग भेटेका थिए। भेटलगत्तै आयोगले रेशम चौधरीलाई तत्काल सपथ ग्रहण गराउन निर्देशन दिएको थियो।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu