धनगढी:=युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट, लछारपाछर र गाली बेजती गर्ने राम बहादुर चौधरी ‘भोलेबाबा’ लाई प्रहरीले पक्राउ गरेको छ ।कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई गाउँले भेला गरेर विहीबार विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म लगातार कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा ‘भोलेबाबा’को नाममा किशोरीलाई लगातार ६ घण्टासम्म कुट्ने रामबहादुर चौधरीलाई छुटाउन जनप्रतिनिधि नै लागे । उनीहरुले रामबहादुरलाई प्रहरीबाट छुटाएका थिए ।इलाका प्रहरी कार्यालय सुख्खडले चौधरीलाई पक्राउ गरेको थियो । तर, घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायाले छुटाएका थिए ।
कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार पछि थप उपचारकोलागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेपछि कैलालीका थारु पत्रकार, राष्ट्रिय मानव अधिकार आयोग, ईन्सेक, ओरेक नेपाल लगायत संघ संस्थाको पहलमा पीडकलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विनोद घिमिरेको अनुसार पीडित किशोरीका आफ्न्तले चौधरीमाथि सार्वजनिक अपराधमा उजुरी दिएको बताए। घिमिरेले भोलि शनिबार भएकोले आईतबार मात्रै त्यो मुद्धा दर्ता गर्ने बताउदै पीडक चौधरी माथि अनुसन्धान गरि कानुनी कार्बही अगाडी बढाउने बताए ।



