दुबै किड्नी फेल अमृत चौधरीलाई बचाइ दिन सहयोगको याचना:-साहेवनी चौधरी

Thursday, 1 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

राम बहादुर चौधरी ,,
धनगढी:=कैलारी गाउँपालिका वडा नं. ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै किड्नी फेल भएर मर्नु न बाँच्नु भएको छ ।
परिवारिक अवस्था दयनीय रहेको चौधरीको उपचारमा समस्या भएको हो । विगत डेढ बर्ष देखि स्वास्थ्यमा समस्या आएको चौधरीको उपचारमा मात्रै १० लाख बढी खर्च भएको जनाईएको छ ।

उनको श्रीमति साहेवनी चौधरी आफ्नो श्रीमानको उपचार खर्चमा १० लाख बढी खर्च भएको बताईन् । श्रीमानको उपचारका लागि काठमाण्डौ, नेपालगंज सहित भारतको सितारगंज पुगेका साहेवनी रहेको सबै धनसम्पत्ति गुमाईसेकेकी छन् । साहेवनीलाई अहिले परिवार पाल्न निकै समस्या भएको छ । साहेवनीलाई आफ्नो दुई छोरीको लालनपानल तथा शिक्षा दिक्षा दिन समेत निकै समस्या भएको हो । कृषि बाहेक अन्य आर्थिक श्रोत नरहेको साहेवनी आफू धनगढीमा ज्याला मजदुरी गरि श्रीमानको उपचार खर्च बेहोरी रहेकी छन् । हप्तामा दुइ तीन चोटी श्रीमानको चेकअप तथा डाइलसिस् गर्नु पर्ने भएकोले आर्थिक समस्याले साहेवनी हरेस खाइसेकीकी छिन् ।
‘भएको सबै सम्पत्ति श्रीमानको उपचारमा खर्च लगाएँ’, साहेवनी भनिन्,‘अहिले त घरमा केही छैन ।’ ‘घरपनि भत्की सक्यो, मर्मत र नयाँ घर बनाउ भने पैसा नै छैन ।’ ‘श्रीमानको उपचार गरु कि घर बनाउँ साहेवनी आफ्नो पीडा सुनाइन् ।’

यता साहेवनीले स्थानीय तह लगायत सरकारी तथा गैरसरकारी निकायबाट कुनै आर्थिक सहयोग नपाएको गुनासो गरिन् । उनी आफ्नो श्रीमानको उपचारका लागि गाउँ घरघरका छरछिमेक, भलमन्सा लगायत गाउँपालिका सबै धाइन् तर कही कतैबाट सहयोग नपाएको दुखेसो पोखिन् । उपचारमा घरको सबै सम्पत्ति लगाएकी साहेवनीले अहिले सहयोगी हातको खोजीमा रहेकी छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu