युवतीलाई गाईगोठमा लगी सामूहिक बलात्कार/नक्कली तमसुक बनाएर गाउँका ठुलाठालुद्धारा मिलापत्र

Thursday, 15 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राजविराज :=विवाहको भोज खाएर फर्किंदै गरेकी युवतीलाई चार जना युवाको समुहले बलत्कारको प्रयस गरेका छन् । सप्तरीको सुरुंगा नगरपालिका ३ की १६ वर्षीया प्रमिला चैधरी (नाम परिर्वतन)लाई गाईगोठमा लगि चार जना युवकको समुहले बलात्कार गर्न खोजेका थिए ।युवतीको चिच्याहट र चार जनाबीचको विवादको हल्ला सुनेर केही स्थानीय त्यहाँ पुग्दा उनी सामूहिक बलात्कृत हुन्बाट जोगिइन्। युवतीलाई सामूहिक बलात्कार गर्न खोजेकै राति गाउँले बसेर मामिला सल्टाउन खोजे । गाँउका ठुलाठालुले गाउँमै पहल थाल्यो। घटना लुकाउन पञ्चायत बोलाइयो। र, प्रहरीलाई सुइँको समेत नदिई गाउँमा उर्दी जारी गरियो।
चारै जना आरोपीले १३ लाख ५० रुपैयाँ दिनुपर्ने सर्तमा बलात्कारको मुद्दा गाउँमै गुपचुप राखियो। भदौसम्ममा पीडित परिवारले १३ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने तमसुकमा भाखा तोकिएको छ।
मुख्य आरोपी मोहन मण्डल खत्वेले ४ लाख ५० हजार, अन्य आरोपी मसुन खत्वे, बद्री खत्वे र पवन खत्वेले ३–३ लाख रुपैयाँ तिर्दा पीडित परिवारले कानुनी बाटो नसमात्ने निर्णय गर्दै युवतीकी आमाको नाममा पञ्चायतले नक्कली तमसुक बनाइदियो। नक्कली तमसुकको साक्षीमा स्थानीय मिश्रीलाल खत्वे र नारायण साहले औंठाछाप लगाएका छन्। तमसुक कागजमा भने बलात्कार मामिला मिलापत्रबापत नलेखेर ऋण भनेर उल्लेख गरिएको छ।
‘बलात्कार प्रयासको घटना पैसाको लेनदेनमा मिलाएको सूचनापछि हामीले चारै जना आरोपीलाई नियन्त्रणमा लियौं,’ जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने, ‘जघन्य अपराधमा पञ्चायती गरेर मुद्दामा मिलापत्र गर्नु पनि अपराध हो।’ बलात्कारको घटना पैसाको लेनदेनमा मिलाएको खबरपछि इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टिमले फागुन २३ गते चारै जना आरोपीलाई पक्राउ गरेको थियो।
बलात्कार को पहिला गर्ने विषयमा विवाद हुँदा स्थानीयले थाहा पाएको प्रहरीको बयानमा स्वीकार गरेको एसपी सिंहले बताए। पक्राउ गरिएका चारैजना आरोपीलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गराएर जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ। एसपी सिंहले बलात्कार मामिला मिलाउने र कपाली तमसुक बनाउनेको पनि खोजी भइरहेको जनाएका छन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu