बिर अस्पतालमा उपचारार्थ रेशम चौधरीलाई अस्पताल भित्रै हतकडि/जन्जिरमा बाधियो

Wednesday, 14 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं– ‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर हुन् । 

वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएका रेशम चौधरीलाई आइतबार १ बजे भेट्न गएका संयोजक ठाकुरले उनको अवस्था हेरेर सहन नसकि त्यहीबाट प्रधानमन्त्रीलाई फोन गरेका थिए ।  संयोजक ठाकुर वीर अस्पतालको २९० नम्बर कोठामा पुग्दा रेशम चौधरी भक्कानिएर रुन थालेका थिए । स्लाइन पानी चढाइरहेका रेशम चौधरीलाई जञ्जिर लगाएर बेडमा बाँधिएको थियो ।  रेशम चौधरीको अवस्था हेर्दा महन्थ ठाकुर मात्र होइन, उनका साथमा गएका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद अनिलकुमार झा, प्रमोद साहलगायतका नेताहरु पनि भावुक भएका थिए । रेशम चौधरीले रुँदै भने, ‘तपाईकै विश्वासमा मैले सेलेण्डर गरेको हुँ । तर, आज यो अवस्थामा पुगेको छु । तपाईहरुले चाँडै पहल गरेर मलाई यहाँबाट निकाल्नुस् ।’ यसरी चौधरीले रुँदै भनेपछि ठाकुरको पनि आँसु थामिएको थिएन । भावुक भएका ठाकुरले गृहमन्त्री रामबहादुर थापा बादललाई फोन लगाउन आफ्ना सहयोगीलाई भनेका थिए । तर, मन्त्री थापा एउटा कार्यक्रममा भएको हुनाले उनीसँग सम्पर्क हुन सकेको थिएन । 
त्यसपछि प्रधानमन्त्री ओलीलाई फोन लगाइएको थियो । प्रधानमन्त्री ओलीले ठाकुरसँग कुरा गर्दै आजै नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापासँग कुरा गरेर एक दुइदिनमा यसको टुगों लगाउने आश्वासन दिएको स्रोतले जनाएको छ । 

उपचारका क्रममा रहेका रेशम चौधरीलाई लगाइएको जञ्जिर तत्कालै हटाउन लगाउने पनि प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । अनसनमै रहेका चौधरीलाई स्लाइन पानी चढी रहेको र खुट्टामा जञ्जिर बाँधिएको दृश्यले जसको पनि मन रुवाइदिन्छ, सांसद प्रमोद साहले भने, ‘चौधरीलाई प्रहरीले समातेको होइन, उहाँ आफै हाजिर हुनुभएको छ तर उहाँलाई एउटा ठूलै अपराधीको जस्तो जञ्जिरमा बाँधिएर उपचार गरिरहेको छ ।’चौधरीलाई नेताहरु भेट्न गएको क्रममा फोटो खिच्न खोज्दा प्रहरीले रोकेका थिए । फोटो खिच्न रोक्दा नेता र प्रहरीको बीचमा भनाभन भएको थियो ।   २०७२ भदौं ६ गते कैलालीको टिकापुरमा आन्दोलनको क्रममा भएको झडप हुँदा सातजनाको ज्यान गएको थियो । सो घटनाको दोषी रेशम चौधरीलाई देखाइएको थियो । प्रहरीले चौधरीलाई खोज्न थालेपछि उनी फरार भएका थिए ।राजपा नेपालका नेता समेत रहेका चौधरी फरारकै क्रममा उनी कैलाली–१ बाट प्रतिनिधिसभा चुनाव जितेका छन् । उनलाई आयोगले प्रमाणपत्र पनि दिएको छैन भने शपथ पनि लिएका छैनन् । उनी अदालतमा फागुन १४ गते हाजिर भएका थिए । उनी हाजिर भएपनि पूर्पक्षका लागि थुनामा राखिएको छ । थुनामा राखेपछि उनले विभिन्न माग राखी अनसन शुरु गरेका थिए ।source :-rato pati 

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu