चितवन:=थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सभापति ललित कुमार चौधरी निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्वको लागि (शनिबार) भएको निर्वाचनमा ललित चौधरी ७६ मतका साथ सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी हरिचन्द्र चौधरीले ४६ मत प्राप्त गर्नुभयो ।
यस्तै केन्द्रीय प्रतिनिधिहरुमा विश्राम महतोको (९९), लक्ष्मी चौधरी (९६), हेमराज महतो (६४), राजेन्द्र चौधरी (४५) मतका साथ निर्वाचित हुनु भएको छ । खुल्ला प्रतिस्पर्धामा बासुदेव चौधरी, दुखाराम चौधरी, विश्वराम महतो, कृष्णप्रसाद महतो, अर्जुनप्रसाद चौधरी र विक्रमलाल चौधरी प्रतिस्पर्धामा रहनु भएको थियो । महिला कोटामा भने विष्णुकुमारी चौधरी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कमानसिंह चौधरी, नन्दलाल चौधरी, झलक महतो, बलिराम महतो, कल्पना कुमारी पावे, सविता चौधरी, लिलकुमार गुरौं, जीवनकुमार महतो, बिस्मति महतो, जितबहादुर महतो सर्वसम्मत चयन हुनुभएको छ । यसअघि १० जना सदस्यका लागि १३ जनाको उम्मेद्वारी परेको थियो । आज सहमतीको प्रयासबाट सर्वसम्मत रुपमा सदस्य चयन गर्न सफल भएको हो । नयाँ नेतृत्व ३ वर्ष कार्यकालको रहने छ ।
थाकस चितवनको १२ औं अधिवेशन विहीबारदेखि पटिहानीमा सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा विभिन्न प्रतिवेदन माथि छलफल भएको थियो । बन्द सत्रमा उपसभापति अर्जुन चौधरीले नीति तथा कार्यक्रम, सल्लाहकार ललित कुमार चौधरीले सांगठनिक तथा राजनीतिक प्रतिवेदन, केन्द्रीय पार्सद कृष्ण चौधरीले भावी कार्ययोजना, सचिव सन्तराम महतोले कार्यप्रगती प्रतिवेदन, कोषाध्यक्ष लिलाराम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कानुनी सल्लाहकार शिवराम महतोले केन्द्रका लागि विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्नुभएको थियो । बन्द सत्रमा १६८ जना प्रतिनिधि र उल्लेख्य संख्यामा पर्यवेक्षकहरुको सहभागिता रहेको सभापति विश्राम महतोले जानकारी दिनुभयो ।
थारु कल्याणकारिणी सभा चितवनको १२ औं अधिवेशनको प्रदेश साँसद रामलाल महतोले समुद्घाटन गर्नुभएको थियो ।
थारु कल्याणकारिणी सभा चितवनको १२ औं अधिवेशनको प्रदेश साँसद रामलाल महतोले समुद्घाटन गर्नुभएको थियो ।