‘नेपालको नेल्शन मण्डेला’ बन्ने,ऐतिहासिक/गौरवमय अवसर प्राप्त भएको छ रेशम चौधरीलाई

Tuesday, 3 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
प्रिय मित्र रेशम,
मुक्तिकामी सलाम!
सर्वप्रथम, तपाईको बन्दीजिवन शुस्वास्थ्य रहोस् भन्ने कामना गर्दछु।
मित्र, झ्वाट्ट हेर्दा विभिन्न यातना सहितको तपाईको बन्दी जिवनले हामी लाखौंलाख जातिय अन्याय अत्याचार विरोधी, समग्र पहिचान र समानताका पक्षपातीहरुविचमा छट्पटी एवं पिडाको अनुभूति दिएको अवश्य छ। बष्तुत: तपाईलाई यो ‘नेपालको नेल्शन मण्डेला’ बन्ने,ऐतिहासिक एवं गौरवमय अवसर प्राप्त भएकोमा हार्दिक बधाई दिन चाहन्छु।
मित्र, कुनै दिनमा दक्षिण अफ्रिकामा कालाजाति सडकमा छाती खोलेर हिड्यो भने,त्यही कसुरमा जेल जानू पर्थ्योरे…! ठिक त्यसैगरी तपाईले पनि नेपाली सडकमा म नेपालको आदिवासी जनजाति हु भनेर,छाती खोलेर सडकमा हिडेको,मन्चमा उभिएर भाषण ठोकेको एवं पहिचान र अधिकार प्राप्तिको महान-पथमा अग्रमोर्चामा खटिएर गल्तीगरेको अभियोगमा,नश्लवादीराज्यसत्ताले पूर्वाग्रहीबनी,टिकापुर हत्याकाण्डको झुठो ज्यानमुद्दाको अभियोग सृजना गरेर तपाइलाई जेल,नेल र हत्कडीमा राखेको प्रष्टै छ।
मित्र, तत्कालिन टिकापुर घटनामा तपाई बेकशूर हुनुहुन्छ भनेर सम्बन्धित आजसम्मका सम्पूर्ण प्राप्त साक्षी प्रमाणले बताई रहेको छ, मानसिक सन्तुलन ठिक भएको जोकोही लाई पनि थाहा भएकै कुरा हो,वच्चावच्चाले समेतले बुझी सके मात्र पहिचान र अधिकारमुखि आन्दोलनलाई तहस नहस पार्नकै निम्ति पूर्वाग्रह साधेर तपाईलाई फसाउन खोजिदै छ। त्यसैले त, नश्लवादी जाली पटाह राज्यसत्ताले तर्क र तथ्यभन्दा बाहिर गएर जबर्जस्ती उक्त झुठो मुद्दामा रेशम चौधरी नै दोषी हो भन्ने,प्रमाणित गर्न ज्यानै फालेर लागेको देखिन्छ।
बष्तुत: तपाईको लोकप्रियता निरंकुश राज्यसत्तालाई पटक्कै मन परेको थिएन र छैन। यो लाखौ नेपाली जनताले राम्रैसङ्ग बुझेका छन्।
मित्र, इतिहासले तपाईलाई सवै किसिमका विभेद एवं उत्पीडन विरुद्ध प्रमुख नेतृत्वदायी भूमिका निर्वाहगर्न जुन जिम्मेवारी सुम्पेको छ,यसलाई मैले ‘नेपालको नेल्शन मण्डेला’को भूमिकाको नाम दिएको छु। मलाई पूर्ण विश्वास छ, तपाईले यो जिम्मेवारी तार्किकविन्दूमा अवस्य पुर्याउनु हुनेछ, मात्र समयको ढिलो चाडो मात्र हो। बाहुन जातिवादी शासकको नेल हत्कडी सहितको जेलको पर्खालले, तपाईको भौतिक शरीरलाई बन्दी बनाउन सक्ला, दु:ख,पीडा र यातना दिन सक्ला तर तपाईको आट,शाहस,हिम्मत एवं महान मुक्तिकामी अर्जुनदृष्टी विचारलाई अवस्य रोक्न र छेक्न सक्ने छैन।
मित्र,आज नश्लवादी शासक हरुले तपाईलाई टिकापुरका चालीस हजार जनताको निर्वाचित जनप्रतिनिधि एवं उत्पीडित जाती समुदायको लोकप्रिय नेता मान्न तैयार नभएपनी, भोलि तपाईको महान राष्ट्रहितका निम्ति गरिएको उत्सर्ग एवं त्याग वच्चावच्चाको मानषपटलमा गुन्जिने छ। शिलालेख बनेर भित्तामा लेखिने छन्। एकदिन न एकदिन नश्लवादी राज्यसत्ताको माकुरे जालो अवस्य च्यातिने छ, त्यो समयमा यिनिहरु न्यायको कठघरामा उभिन बाध्य हुन पर्नेछ।
रिष र पूर्वाग्रही भएर आफ्नो विचार विरुद्ध विचार राख्यो भन्नसाथ तपाईलाई आफूले गर्दै नगरेको अभियोग लगाउनु भनेको कथित शासकहरु पूर्णरूपमा पराजित मानसिकतामा छन् भन्ने बुझ्न कुनै कठिन छैन। त्यस्तो कथित आरोप प्रत्यारोप जस्ले जहाँ जोसुकैलाई लगाउन सक्छ।
मित्र, तपाइलाई थाहै छ,दक्षिण अफ्रिकामा हाम्रै जस्तै जातिय उत्पीडन एवं रंगभेदी विरोधी आन्दोलन संघर्षको क्रममा महाननेता नेल्शन मण्डेलाले २७ वर्ष जेल जीवन विताउनु परेको थियो, तपाईपनि ठ्याक्कै त्यस्तै मुद्दाको नेतृत्व गरेकोले, बाहुनवादी राज्यसत्ताको एकाधिकार हैकम भएको हाम्रो जस्तो मुलुकमा,तपाईं माथी जेल, नेल र हत्कडी पर्नु कुनै आश्चर्य होइन। त्यसैले तपाईलाई हामि राजपाको नेताको रुपमा पटक्कै हेरेको र बुझेका छैनौ, किनभने तपाई राजपाको पार्टीको आन्दोलनको क्रममा नभएर पहिचान,समाजिकन्याय र त्यसको नेतृत्वदायी भूमिकाको कारण फसाउन खोजिएको हो भन्ने सवाललाई जो कोहिले पनि बुझेको छ। त्यतिमात्र हैन, एकदिन यो नश्लवादी राज्यसत्ताले यस्तै-यस्तै झुठामुद्दा तैयार गरेर हामिलाई पनि तपाईलाई जस्तै फसाउन अवश्य सक्छ। तथापि, म स्वयंलाई यस्तो ऐतिहासिक अवसर प्राप्त भएमा भने,म खुसी खुसीसाथ ग्रहण गर्नेछु भनेर यहि पत्र मार्फत तपाई लगायत लाखौं सामाजिकन्याय र पहिचानवादी योद्धा मित्रहरुसङ्ग प्रतिबद्धता जाहेर गर्दछु।
अन्त्यमा, तपाईले देखाउनु भएको मार्ग पहिचान,सामाजिकन्याय र समानताको जित सुनिश्चित छ। मात्र केही समय थप अरु लाग्ला।
आफ्नो ख्याल राख्नुहोला!
तपाईको शुभेच्छुक:-
हरि घर्तिमगर
युएई,
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu