मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको गरे उद्धार

Thursday, 12 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सुनाखरी मगर/उज्यालो,,
मलेसिया:=मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ ।मलेसियाको बुकिट जलिल घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो ।

समस्यामा परेकालाई लामो समयसम्म घर फिर्ती केन्द्रमा राख्दा शारीरिक तथा मानसिक समस्या हुने भएकाले छिटो उद्धारका लागि बोर्डले उपलब्ध गराएको बजेटबाट टिकट काटेर नेपाल फर्काउन थालिएको दूतावासले जनाएको छ ।समस्यामा परेर फर्किनेमा महोत्तरीका राम विश्वास, बाँकेका तेजबहादुर सुनार, इलामका ज्ञानेन्द्रबहादुर लिम्बु, झापाकी शुस्मा सार्की विश्वकर्मा, खोटाङका देवप्रकाश राई, लमजुङ्का आइतसिङ गुरुङ, मोरङका जितबहादुर शाक्य र दिलबहादुर खत्री, मकवानपुरका लालबाबु लोप्चन, धादिङका गोपाल आछामी, ताप्लेजुङका प्रकाश राई, रसुवाका राम तामाङ र सप्तरिका रामदेव खाङ् छन् ।

यस्तै दाङका ज्ञानबहादुर खड्का, नवलपरासीका टेकबहादुर बहरघरे, बझाङका उकिल भण्डारी, दोलखाका सरोज गुरुङ, सुनसरीका चन्दे्रश्वरकुमार चौधरी, सर्लाही शुवोधकुमार झा र सल्यानका युवराज घर्तीलाई दूतावासले नेपाल फर्काएको हो ।महोत्तरीका सुजितकुमार भुजेल, संखुवासभाका लोककुमार मोक्तान, मकवानपुरका राजु रानामगर, सिन्धुलीका चुनबहादुर कार्की, रोल्पाका ज्ञानबहादुर घर्ती, उदयपुरका मानबहादुर परियार, ताप्लेजुङका डम्बरसिंङ खिम्दिङ र सल्यानका युवराज घर्तीलाई बुधबार नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu