रेस नेपाली चलचित्रको प्रदर्शन पेनाङमा हुने(सम्पर्कको लागी लिङ्क खोलेर हेर्नुहोस्/सेयर गर्नुहोस्)

Monday, 9 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
नेपाल आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाको प्रमुख आयोजनामा मलेसियाको विभिन्न सहरहरुमा आयोजना,प्रदर्शनी गर्ने भनिएको रेस नेपाली चलचित्रको च्यारिटी सो यहाँका तेस्रो ठूलो प्रान्त पेनाङमा समेत प्रदर्शन हुने भएको छ।
यहि अप्रिल महिना १५ तारिख आइतबारको दिन पेनाङ भन्ने ठाउँमा रेस चलचित्रको च्यारिटी सो आयोजना गर्ने त्यारी तिब्र भैइरहेको महासंघका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भयो।

बेरोजगार युवा,युवतीहरुको जिवन कथामा आधारित,लभ स्टोरी,हास्य व्यंग्य, त्रिकोणात्मक प्रेम कथामा आधारित र एक्सनले भरपुर करिव दुई घण्टा लामो यस् चलचित्रमा निता ढुङ्गाना ,पुस्पा लिम्बू ,जियान, किरण केसि (रातामकै) ,सुलेमान शङ्कर ( ईकु), रविन्द्र खड्का, रविन लिवाङ्, सुवास गजुरेल लगायतको जोडदार अभिनय रहेको बताईएको छ । हस्त लिम्बू, विशाल थेवे,हेमन्त गौतम,चन्द्र लिम्बू,राज सेम्बुको निर्माण तथा प्रस्तुति रहेको यस् चलचित्रको सह -निर्माताहरुमा पासाङ्ग ह्योल्मो ,रवि गुरुङ ,पदम चोङ्गवाङ्ग लगायतको हुनु हुन्छयस् रेस  RACE चलचित्रको गितहरुमा प्रसिद्द गायक उदित नारायण झा, अन्जु पन्त, सुजाता उपाध्याय ,दिपराज नेयोङहाङ ,सजित तामाङ्ग ,ममिला लामाको स्वर रहेका छन ।


यो फिल्मको च्यारिटी सो आयोजना गर्नुको मुख्य उदेश्य आदिवासी जनजाती महासंघ मलेसियाको सहायताले मलेसियामा विभिन्न कारणले समस्यामा परेका पीडितहरुलाइ सक्दो उद्दार,साथ र सहयोग गर्न सजिलो होस् भनेर हो, साथै नेपाली चलचित्रलाई प्रदेशको ठाउँमा प्रदर्शन गरेर समेत चिनाउनको निम्ति र नेपाली चलचित्र उद्योगमा केही आर्थिक सहायता पुगोस् भनेर यो च्यारिटी सो मलेसियाको विभिन्न मुख्य सहरहरूमा आयोजना गर्न लागेको महासंघका केन्द्रिय उपाध्यक्ष तथा सञ्चार बिभाग संयोजक समेत रहनु भएका आर एन चौधरी थारुले बताउनु भयो।
पेनाङमा बस्नु हुने नेपाली श्रमिकहरुले यस् चलचित्रको टिकटको लागी सम्पर्क :-
पासाङ ल्हामु शेर्पा +601139007210
राज सुनुवार +60149405372
आर एन चौधरी थारु :- +60109427402
भिम कुमार राई:- +6011-37951303
पिटि शेर्पा पिनासा:- +6018-3876029
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu