तराईको दाइजो प्रथाविरुद्ध ‘भोर’

Monday, 9 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=सय वर्ष पुरानो सतीप्रथाको ऐतिहासिक कथामा आधारित फिल्म ‘झोला’ बनाएर प्रशंसा बटुलेको टिमले तराईको दाइजो प्रथाविरुद्ध ‘भोर’ (फस्ट लाइट) निर्माण गरेको छ। यादवकुमार भट्टराई निर्देशित फिल्मको जनकपुर र पोखरामा प्रिमियर गरिएकोछ।‘झोला’ कै ब्रान्डमा अडिएर निर्देशक भट्टराईले ‘भोर’ अघि सारेका छन्। ‘झोला’लाई माया दिएका दर्शक ‘भोर’ बाट निराश हुनु नपर्ने भट्टराईले दाबी गरे। सम्पूर्ण छायांकन जनकपुरमा गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलको प्रमुख व्यथा दाइजोको विषय छ। गत वर्षको छठ पर्वदेखि यो वर्षको छठसम्म लगाएर फिल्म खिचिएको हो।
अहिलेको समयसम्म पनि दाइजोका कारण लिंग पहिचान गरेर छोरीको भ्रूण हत्या हुने, जति पढायो उति नै बढी दाइजो दिनुपर्ने भएका कारण नारीहरू शिक्षाबाट वञ्चित भइरहेका यथार्थ चलचित्रमा उतारिएको निर्देशक भट्टराईले बताए।निर्माता राज तिम्सिनाले घर समाल्ने महिला नै असुरक्षित भएपछि पूरै परिवार लथालिंग हुँदै आएको स्मरण गर्दै दाइजोले मानवतामाथि नै प्रश्न उठाइरहेकाले यिनै विषयवस्तुमाथि फिल्म निर्माण गरेको बताए। आगामी वैशाख २१ लाई प्रदर्शन मिति तय गरेको फिल्मको केही दिनपहिले पोस्टर रिलिज गरिएको थियो।
राजसँगै रामगोपाल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता देवेन्द्र सुवेदी हुन्। मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बीएन पटेल, पूजा कर्णलगायत लिड रोलमा छन्।source:-annapurna.com
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu