रेस नेपाली चलचित्रको च्यारिटी सो इपोमा भब्य सम्पन्न/महासंघको इपो क्षेत्रीय समितिको अध्यक्षमा मिङ्मा योल्मु

Sunday, 8 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु ,,
मलेसिया:=नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले यहाँ रहेका विभिन्न सहरहरुमा आयोजना गर्ने भनिएको नेपाली फिल्म " रेस "चलचित्रको च्यारिटी सो भब्यताको साथ सम्पन्न भएको छ।
पहिलो चरणको कार्यक्रम अन्तरगत अप्रिल ८ तारिख आइतबार मलेसियाको इपो भन्ने ठाउँमा आयोजना गरिएको नेपाली चलचित्रको "च्यारिटी सो" मा यहाँ रहेका नेपाली श्रमिकहरुको उल्लेखनीय सहभागीता रहेको सोही सो मा उपस्थित नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो।

अध्यक्ष शेर्पाको भनाइ अनुसार मलेसियाको इतिहासमै पहिलो चोटि महासंघले यस्ता खाले कार्यक्रम आयोजना गरेका हुन र आयोजना मात्रै नभैइ हामीले नसोचेको दर्शकहरुको उपस्थितिले उपलब्धि पनि राम्रो भएको छ्न।यो सबै हेर्दा खेरी के प्रष्ट हुन्छ भने यदि हामी नेपालीले चाह्यौ भने नेपाली फिल्म उद्योगमा टेवा पुर्याउने मात्र नभई आर्थिक हिसाबले बलियो बनाउन सक्नुको साथै नेपाली चलचित्रलाई प्रवासमा पनि चिनाउन सकिने भन्नू भयो।
त्यसै गरि यस् " रेस "चलचित्रको च्यारिटी सो सफल भए पछि आदिवासी जनजाती महासंघ मलेसियाको क्षेत्रीय कमिटी यहाँ इपोमा समेत गठन गरेको अध्यक्ष शेर्पाको भनाइलाई उदृत गर्दै महासंघका केन्द्रिय महासचिव भिम बानु किरातीले बताउनु भयो।
समितीको अध्यक्षमा :-मिङ्मा योल्मु,
महासचिव :-ज्ञानु बराइली
सचीव :-मिङ्मा लामा
कोष अध्यक्ष :-बुद्धि सुनुवार
उपाध्यक्ष :-हर्व तामाङ
महिला उपाध्यक्ष :ङिङ्मि शेर्पा
सदस्यहरुमा :-फुर्वा शेर्पा ,छिरिङ शेर्पा ,दिनेश गजमेर,बलराम मगर ,आवाश लावती ,सुरेश मगर,बि.बि.बम्जन ,मन राई ,जीवन गुरुङ ,बुद्धि सुब्बा लगायतको रहेका छ्न ।



बि.बि.बम्जनले संचालन गरेको उक्त च्यारिटी सो  कार्यक्रममा रेस चलचित्रका निर्देशक किशोर सुब्बा ,नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासचिव भिम बानु किराती,समाजसेवी रमेश पौडेल ,जन सम्पर्क मञ्चका सह-सचीव डिबि खत्री ,प्रवासि मञ्च इपो इन्चार्ज निमा शेर्पा ,मलेसियाका नेपाली ब्यवसायिहरु ,समाजसेवी,स्थानीय कलाकार,दर्शक लगायतको भब्य उपस्थिति रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu