आर एन चौधरी थारु,,
फेब्रुअरी ५ तारिख/सोमबार/मलेसिया:=" विश्वमा नेपाली साहित्यको बिस्तार हाम्रो अभियान ,
साहित्यबाटै नेपालको बेग्लैै पहिचान ,,भन्ने मुल नाराको साथ कवि स्वप्निल स्मृतिको साथमा कविता कन्सर्ट-2018 भब्यताको साथ सम्पन्न भएको छ।
आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटेलमा आयोजित सो कविता कन्सर्टमा नेपाली राजदूतावास मलेसियाका द्धितिय सचीव बिनोद मुखियाको प्रमुख आतिथ्यता रहेको थियो।प्रमुख अतिथि मुखियाले आफ्नो मन्तव्य राख्दै यो कविता कन्सर्ट मलेसियामै फरक किसिमले आयोजना गरेको हुँदा आयोजकलाई धन्यवाद,शुभकामना दिदै साहित्य भनेको एउटा ऎना जस्तै हो समाज अथवा देश भित्र भैइरहेको गतिविधिहरु लाई साहित्य,कविताको माध्यमबाट उजागर गर्ने काम गर्दछ ,सहि सत्यलाई साहित्यकै माध्यमबाट जनताको माझ पुर्याउने काम गर्दछ।तसर्थ मलेसियामा विभिन्न सान्स्कृतिक कार्यक्रम आयोजना भए जस्तै भोलिको आउने दिनमा पनि साहित्य क्षेत्रमा लाग्नु भएका साहित्यकारहरुलाई अगाडि बढाउन प्रेरणाको निम्ति साहित्यिक संघ संस्थाहरुले यस्ता खाले कन्सर्ट बेला बेलामा आयोजना गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपालबाट पाल्नु भएका कवि स्वप्निल स्मृतिले मलेसियामा कविता कन्सर्ट आयोजना गर्नु हुने आयोजक टिम र मेरो कविता सुन्नको निम्ति पाल्नु हुने विभिन्न क्षेत्र जस्तै पत्रकारिता,समाजिक ,राजनितीक तिरबाट पाल्नु भएका प्रतिनिधिहरु प्रती खुसी ब्यक्त गर्दै हार्दिक आभार प्रकट गर्नु भयो।साथै कवि स्वप्निलले आफ्ना अनमोल कृतिहरु बज्रपात ,धोका,सङ्खेकिरा,बालुटार,लगायतका आधा दर्जन बढी मनमोहक कविताहरु वाचन गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघ मलेसिया आयोजक रहेको कविता कन्सर्ट -2018 कार्यक्रमको संचालन साहित्यकार जिवन देवान गाउँलेले गर्नु भएको थियो भने सभापतित्व विश्व नेपाली साहित्य महासंघ मलेसियाका कार्यवाहक अध्यक्ष कृष्ण लामिछाने(कृष्णभिर)को रहेको थियो ।स्वागत मन्तव्य रवि किरणले राख्नु भएको थियो।
कार्यक्रममा साहित्य क्षेत्रमा योगदान पुर्याए बापत कवि स्वप्निल स्मृतिलाई र उदाउँदो तारा पेनाङ स्थापना गरेका अध्यक्ष कवि दिप दर्शनलाई प्रमुख अतिथी तथा सभापतिले दिसल्ला ओढाइ सम्मान पत्र सहित सम्मानित पनि गरेका थिए।
सो कार्यक्रममा एनआरएनका महासचिव सुन्दर आले,आइसिसी सदस्य विश्व राई ,पत्रकार आर सि गिरि,आर एन चौधरी थारु,गितकार राम रेप्चुङ राई ,ब्यवसायी दिल केरुङ लिम्बू,सितेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला,थारु समाजका वरिष्ठ उपाध्यक्ष राम प्रकाश चौधरी लगायत विभिन्न जातिय संघसंस्था,राजनितीक दलका भातृ सङ्गठनका प्रतिनिधिहरु ,दर्शकहरुको सहभागिता रहेको थियो।
