कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुन

Sunday, 13 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौ:=कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई नेदरल्यान्डसको रुसभेल्ट फाउन्डेनसले उक्त अवार्ड प्रदान गर्ने भएको हो थारुवान ड्टकममा समाचार छापिएको छ्न ।

सो अवार्ड समारोहमा सहभागी हुन उर्मिला अहिले नेदरल्यान्ड्समा रहेकी छिन् । उनले उक्त अवार्ड कमलरी बहिनीहरुप्रति समर्पित गर्ने बताइन् । ‘यो अवार्ड मजस्तै सबै कमलरी बहिनीहरुको लागि हो । म उहाँ सबैप्रति यो अवार्ड समर्पित गर्न चाहन्छु,’ उर्मिलाले थारुवानसँग भनिन् ।

मुक्त कमलरी विकास मञ्चका सहसंस्थापक उर्मिलाले आफ्नो ११ वर्ष कमलरी भएर विताएकी थिइन् । उनी कमलरीबाट मुक्त भएपछि देशैभरि कमलरी मुक्ति अभियानमा लागेकी थिइन् ।
नेपाल सरकारले २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu