सहकर्मी ,,
हमार सनेश डटकम,,
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाद्धारा राजापुर न.पा. वार्ड नं.—१, मा अवस्थित श्री कालिका माध्यामिक विद्यालयमा अध्ययनरत् कक्षा १ देखि १० सम्मका विपन्न परिवारका जम्मा २७६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोसाक परियोजना ब्यवस्थापन समितिका सदस्यबाट वितरण गरिएको छ ।
सोही वितरण कार्यक्रमकै दिन गुड नेवर्स इन्टरनेशनल नेपालका बर्दिया जिल्ला संयोजक श्री नारायण चौधरी ज्युबाट अनुगमन पनि भएको थियो।
बिपन्न परिवारका बालबालिकाहरुलाई गुणस्तर शिक्षा प्रदान तथा पठन पाठनमा सहयोग र नियमित विद्यालयमा जानकोलागि सहयोग गर्ने उद्धेश्यले उक्त शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण कार्यक्रम मिति २०७५ साल जेठ ३ गतेका दिन गरिएको थियो ।
