मधेसमा जम्दै भोजपुरी गायक प्रमोद पिया

Friday, 18 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रमेश तिमलसिना,,
रौतहट:=उदीयमान भोजपुरी गायक प्रमोद पिया सहनी भोजपुरी गीत गाएर मधेसमा अहिले खुबै चर्चामा छन् । भोजपुरी गीत संगीतभित्र प्रसिद्ध नामका रूपमा परिचित गायक सहनीको अहिले मधेसको हरेक एफएमहरूमा गीत बज्ने गरेको छ । गायक पियाले बोलबम, देवीगीत, छठ, होली, चइता तथा लोकगीत जस्ता विभिन्न गीत गएका छन् ।
जसमध्ये दुईवटा एल्बम निकै नै चर्चित बनेको थियो । नेपालमा महाभूकम्प आएको बेला नेपाली जनताको रुवाबासी तथा दयनीय अवस्था हेरी भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दै गाएकोे एल्बम दहशत मे नेपाल… निकै नै चल्यो । अहिले उनको ‘मर जाइम हहर के’ बोलको गीतको भिडियो खुबै चलेको छ ।

धेरैले यसलाई मन पराए, माया गरे । त्यसपछि अर्को रूपमा भएको मधेस आन्दोलनमा मधेसी जनताहरूलाई बनाउनका लागि नेपालकै गीतकार मन्जित तथा दिपेन्द्र सहनीद्वारा लिखित एल्बम गाड देम मधेस के झन्डा, लोकगीत सइया बिना लागेलालगायतका गीतहरू खुबै चले । लडाइँ अब कि जम को होइ (दिपेन्द्र सहनी), सुन ल सभे पुकार ए भाइ(मन्जित) र गीतकार रञ्जित राहीद्वारा लिखित एल्बम डीजे वाली छमियाको गीत गाडी पडोसी से लड जाई हो…पनि सुपर हिट भएको थियो । संगीत गुरु एल के बल्ला, मिठु मार्केन र मञ्जित गुरुको सहयोगले भोजपुरीजगतको चर्चित म्युजिक कम्पनी माँ जानकी सिरिज दिल्लीमा पुगेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu